नेपाली समाज भेनिसमा पूर्ण कार्यसमिति

चारदिशा स‌म्वाददाता।

इटालिको भेनिस स्थित नेपालीहरुको स‍‌स्था नेपाली एसोसिएसन भेनिसको नयाँ कार्यसमितिले पूर्णता पाएको छ। गत शनिवार  भेनिसमा वसेको स‌स्थाको व‌‌ैठकलेे कार्यकारी समितिका पदाधिकारीहरुको चयन गरेसँग‌ै समितिले पूर्ण आकार लिएको हो।

अमिर महर्जनको अध्यक्षतामा निर्वाचित कार्यसमितिमा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु समावेश छन्। नयाँ कार्यसमितिमा सुलोचना लामा उपाध्यक्ष, ज्ञानेन्द्र श्रेष्ठ सचिव, झम्कनाथ प‌‌‌गेनी सहसचिव, धरेन्द्र प्रजापती कोषाध्यक्षको जिम्मेवारीमा रहेका छन् भने सदस्यहरुमा अमर पुन  र  सन्तोष श्रेष्ठ निर्वाचित भएका छन्।

संस्थालाई थप गतिशील वनाउन सल्लाकारहरुको मनोनयन समेत गरिएको अध्यक्ष अमिर महर्जनले चारदिशालाई जानकारी दिएका छन् । मनोनित सदस्यहरुमा राजन चापागाईँ, दीर्घनारायण न्यौपाने,  पुरन कार्की र सुगत रत्न तुलाधर रहेका छन्।

चारदिशासँग कुराकानी गर्दै  अध्यक्ष महर्जनले विगत वर्षहरुमा आयोजना गर्ने गरिएका कार्यक्रमहरुलाई निरन्तरता दिनुका साथै आगामी दिनहरुमा थप रचनात्मक कार्यक्रमहरु आयोजना गरिने जानकारी दिनुभयो।

नेपाली एसोसिएसन भेनीसले नेपालीहरुको चाडपर्वहरु  लगायत अन्य स्थानीय व्यक्ति तथा संस्थाहरुको सहयोगमा विविध कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ।

14731158_917795785021078_5313019421201648699_n14731158_917795281687795_1171703199616287516_n14725696_917794878354502_3266012804802404486_n14720568_917795541687769_8215860535355553509_n14590515_917795081687815_1053050816704160024_n14639602_917795155021141_1251812773749577547_n

तस्वीरहरु:-  नेपलाी एसोसिएसन भेनिसको फेसवुकवाट लिएको हो।