नेदरल्याण्ड्समा हरितालिका तिज सम्पन्न

यहि २१ अगस्ठ का दिन गैर आवासिय नेपाली  संघ रास्ट्रिय समन्वय परिसद नेदरल्यान्डसको आयोजनामा राजधानि आम्स्टर्सडाम सहरमा हरितालिका तिज सम्पन्न भएको छ​।

गायिका माण्डपि त्रिपाठि को बेजोड गायन प्रस्तुति संगसंगै दिदिबैनिहरु छमछमी नाचेर  भरपुर मनोरञन लिरहेका थिए। स्वादिस्ठ भोजन का साथ आयोजना गरिएको तिज कार्यक्रममा दिदि बैनि तथा दाजु भाइको उपस्थिति उल्लेख्य मात्रामा थियो।

यहि सेप्टेम्बेर ३ तरिखका दिन हुन गैरहेको गैर आवासिय नेपाली  संघ राष्ट्रिय समन्वय परिषद को चुनाब लाई  लक्षित गर्दै अर्को तर्फ चुनावी  माहोल तातेको देखिन्थ्यो ।कार्यक्रमको सन्चालन शान्ति घलेले गरेकि थिईन ।