नयाँ संविधान जारी भएको खुशीयालीमा रोममा दीपावलि

चारदिशा ।

गणतान्त्रिक नेपालको नयाँ संविधान जारी भएपछि ईटालीवासी नेपालीहरु हर्षित हँदै खुशियाली मनाएका छन्। आइतवार साँझ रोममा एक कार्यक्रमको आयोजना गर्दै दीप प्रज्वालनका साथ एकआपसमा शुभकामना प्रकट गरे।

विश्वकै प्राचिन ऐतिहासिक शहरका प्रमुख संस्थाहरुले संयुक्त रुपमा नै  नेपालको संविधान २०७२ को स्वागत तथा शुभकामना आदान-प्रदान गरिएको छ। कार्यक्रममा वोल्ने वक्ताहरुले नेपाली जनताका प्रतिनीधिहरुवाट नै नेपालीका लागि संविधान लेख्ने चाहना पुरा भएकोमा प्रशन्नता व्यक्त गरे।

औपचारिक रुपले सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघ ईटाली, नेपाली समाज रोम, अन्तराष्ट्रिय कलाकार संघ ईटाली,   जन सम्पर्क समिति ईटाली, नेपाली  जन प्रगतिशिल मन्च ईटाली, नेपाली  जन प्रगतिशिल मोर्चा ईटालीले नेपालीहरुको सामुहिक एकताको सन्देश दिँदै देशभक्तिपूर्ण गीतसंगीत समेत प्रस्तुत गरेका थिए।

12045563_10153667096871103_1156272340966188901_o 12038441_10153667097611103_2005114890137905279_n