तिज कार्यक्रममार्फत वाढिपिढितलाई ईटालीवाट सहयोग

रोम ईटाली।

अन्तराष्ट्रिय नेपाली कलाकार संघ ईटालीले हरितालिका तीजको अवसरमा साँस्‍कृति कार्यक्रम गर्दै वाढिपडितको लागि रकम संकलन गरेको छ। नेपालमा विपत परिरहँदा प्रवासमा रमाईलो गर्न नहुने तर्क चलिरहेकै वेला कलाकार संघले भने केही घन्टामा डेढलाख रुपैयाँ भन्दा वढि संकलन गरेको छ।

उक्त संकलित रकम यथाशिघ्र धुर्मुस सुन्तली फाउन्डेसनमा जम्मा गर्न लागिएको कलाकार संघका सचिव झिमनारायण चापागाईँले जानकारी दिए। भुकम्पपिडितहरुको लागि नमुना घर वनाएर ख्याति कमाएको उक्त फाउन्डेसनले वाढिपिडितहरुको लागि राहत विरतण गरिरहेको छ।

सहयोगी हात र मनकारी मनहरु

कार्यक्रममा सहयोग गर्न नथाक्ने हातहरु र कन्जुस्याईँ नगर्ने मनहरु प्रसस्तै थिए। कार्यक्रमलाई संवोधन गर्दै एनआरएन ईटालीका अध्यक्ष क्षेत्रकुमार श्रेष्ठले परोपकार र सांसारीक जिवनालाई सँगै लिएर गएमात्र जीवनको लक्ष प्राप्त हुनसक्ने वताए। दिदिवहिनीहरुलाई दर खुवाउने उक्त कार्यक्रमको सम्पूर्ण खर्च मात्र व्योहोर्नन्  नगर दुईसय रुपैया पनि सहयोग उपलव्ध गराए।

कार्यक्रममा एनआरएन ईटालीका भुतपूर्व उपाध्यक्ष हरीभक्त काराखेती तथा अनेकस ईटालीका संरक्षक भिन सुनुवार तथा ईटाली भ्रमणमा रहनुभएका व्यवसायी अग्नी पौडेलले आफ्नो विचार राख्नुभएको थियो।

कार्यक्रमस्थल र प्राविधिक सामाग्रो उपलव्ध गराएर नेपाली कन्सुलेट पाओलो नुगारीले सहयोग गरेका थिए भने जोशिला नेपालीहरुले वनाएको स्वादिष्ट भोजनले सवैलाई आकर्षित गरेको थियो।

कार्यक्रममा रोमनिवासी दिदीवहिनीहरुको उपस्थिति रहेको थियो।

 

वाढिपिढित सहयोगदाताको नामावलि