काम गर्नकै लागि उमेदवार वनेको हूँ- क्षेत्र कुमार श्रेष्ठ

हामी गैर आवासीय नेपाली संघ ईटालीको निर्वाचनको संघारमा आइपुगेका छौं। यो निर्वाचन र यस अघिका निर्वाचनहरुमा धेरै फरक भएको मैले महशुस गरेको छु।

यस पटकको चुनावको लागि ईटालीवासी दिदीवहिनीहरुसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर मिल्यो। सवैसँग भलाकुसारी भयो। ईटालीका प्राय सवैजसो नेपालीलाई म चिन्दछु। झण्डै एक दशकको वसाइको क्रममा मैले धेरैं शुभचिन्तकहरु पाएको रहेछु। जहाँ पुगेँ सवैले उत्तिकै माया दर्शाए।  सवैको साझा चासो र चिन्ता भनेको एनआरएन ईटालीको चिनारी आगामी दिनमा नहुने हो कि भन्ने रहेछ। हालसम्म एनआरएन ईटालीको नाम संसारकै प्रमुख एनसीसीको सूचिमा रहेको स्वयं अग्रजहरु नै वताउँछन्।

कतिपय साथिहरुलाई भने पहिलेको जस्तो दशैं नयाँवर्ष जस्ता कार्यक्रमहरु नभएकोमा गुनाशो रहेछ। हाम्रो जस्तो भौगोलिक रुपले विकट भएको स्थानमा एनआरएन एक्लैले यस्तै मात्र काममा सिमित रहनुभन्दा स्थानीय समाजहरुसँग सहकार्य गरेर अगाडि वढ्नुपर्ने रहेछ। त्यसैले संस्थाको पनि विकेन्द्रिकृत मोडेल अनुसार एलसीसी गठन गर्नुपर्ने रहेछ भन्ने अनुभवले सिकायो।

तर वितेका दुईवर्षमा कामहरु भने भएका छन्।

भुकम्प पिडितको लागि ईटालीवाट उठेको रकम दुई कडोर चौवन्न लाख एनआरएनको खातामा जम्मा भएको छ। उक्त रकमले लाप्राकमा वस्ति निर्माण कार्य चलिरहेको छ। म आफै व्यक्तिगत रुपले त्यहाँ पुगेको छ ।त्यहाँको दुख-व्यथा मैले वुझेको छु। म आफूले सक्दो सहयोग व्यक्तिगत रुपले समेत गरेको छु र आर्थिक सहयोग पनि। नेपालीले नेपालीलाई सहयोग गर्ने नारा वमोजिम हामीले यहाँवाट नेपालमा सहयोग पुर्याइरहेका छौं।

स्याङ्जाको एक विद्यालयलाई आवश्यक शैक्षिक तथा भौतिक सामाग्रो वितरण गरिएको छ। विगत दुई वर्षमा झण्डै चारलाख असी हजार रुपैया वरावरको आर्थिक सहयोग भएको छ त्यहाँ। मेरो व्यक्तिगत सहयोगमा विद्यालयको स्तरोन्नति भएको छ।

यसको अलावा हेटौडाको विद्यालयको लागि स्कुल वसको व्यवस्था गर्न सहयोग उपलव्ध गराएको छु। एक सस्कृत विद्यालयको लागि आर्थिक सहयोग,मन्दिरको लागि घण्टा प्रदान जस्ता काम गरेको छु।

कुनैपनि वेला घट्नसक्ने आपतकालिन अवस्थाको लागि एनआरएन ईटालीको मातहतमा रहनेगरी ५००० यूरोको आपतकालीन कोष खडा गरिदिएको छु। उक्त कोषवाट वाढिपिडितहरुको लागि एक हजार यूरो दिने निर्णय गरिएको छ। उक्त कोषलाई निरन्तरता दिन, लाप्राक वस्ति पुनर्निर्माण सम्पन्न गरि एनआरएन ईटालिको नाम राख्नु मेरो दायित्व हो। यसलाई मैले पुरा गर्ने अठोट गरेको छु। यो सवै काम पुरा गर्न म आइसीसी सदस्यको रुपमा ईटालीवाट उमेदवार वन्न परेको हो।

म यतिमा मात्र अड‍्केको छैन। नयाँ नयाँ कार्यक्रमहरु तय गर्नु र सवैको समन्वय -सहयोगमा तिनीहरुलाई कार्यान्वयन गर्नु आजको आवश्यकता हो। आइसीसी सदस्यको हैसियतले मैले केन्द्र क्षेत्र र नेपाललाई जोडेर प्रस्तुत गरिने कार्यक्रमहरुमा यहाँहरुको सहयोगको अपेक्षा गर्दछु। यहाँहरुको विश्वास र भरोसालाई म डगमगाउन दिनेछैन। म काम गर्नकै लागि आएको हुँ , गफ गरेर समय विताउने मलाई फुर्सत छैन।

प्रस्तुति- रामहरी खकुरेल

कुराकानीमा आधारीत