एनआरएन वेल्जियमको विज्ञप्ति

नेपाली महिलाहरुको धार्मिक  तथा साँस्कृतिक पर्व हरितालिका तिजको उपलक्ष्ययमा बेल्जियम, नेपाल तथा संसारका विभिन्न मुलुकहरुमा रहेका सम्पुर्ण नेपाली नारीहरुलाई संवृद्धि, उन्नती र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं। बेल्जियमका विभिन्न सामाजिक संस्था एवं समाजहरुले गरेका तिजी कार्यक्रमहरुको पुर्ण सफलताको कामना तथा ऐक्यवद्धता व्यक्त गर्दछौं । यस्ता कार्यक्रहरुबाट नेपाल, नेपाली भाषा , कला संस्कृतिको प्रवद्र्धन र संवद्र्धन र जर्गेना हुने विश्वास लिएका छौं । 
संविधानसभा मार्फत बन्न लागेको संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधानको परिमार्जित धारा १४ बमोजिम विभिन्न कारणले विदेशी नागरिकता लिएका नेपालीहरुलाई वंसजको आधारमा नेपाली नागरिकता लिने विधेयक पास गरेकोमा सम्माननीय संविधान सभा, प्रधानमन्त्री, मन्त्री परिषद, प्रमुख प्रतिपक्ष दलका नेता, सभाषदहरु, नेपाली राजनैतिक दलहरु र दलका शिर्ष नेताहरुलाई हार्दिक धन्यबाद तथा आभार व्यक्त गर्दछौं । यसबाट विश्व विभिन्न मुलुकमा रहेका नेपाली मुलुका प्रवासीहरु र नेपाल विचको भावानात्मक संवन्ध सदैव मजबुत रहने छ ।
यद्यपी, यस विधेयकमा राजनैतिक र संवैधानिक हकबाट बंचित रहने व्यवस्था भएता पनि अव बन्ने कानुन प्रवासी मैत्री बनाउन हामी संविधान सभाप्रति हामी जोडदार माग गर्दछौं । 
एनआरएनएको विश्व सम्मेलन आगामी अक्टोबरमा काठमाण्डौमा हुने कुरा सर्व्विदितै छ । विश्व सम्मेलनमा भाग लिनकोलागि सेप्टेम्बर १५ सम्ममा आफ्नो नाम र तोकिएको शुल्क एनआरएन बेल्जियममा दर्ता गर्नको लागि हामी एनआरएनए बेल्जियमका सवै पंजिकृत सदस्यहरुलाई हार्दिक अनुरोध गर्दछौं । 
 
गंगाधर गौतम                        लोक दाहाल
अध्यक्ष                                   महासचिव
गैर आवासीय नेपाली संघ बेल्जियम    गैर आवासीय नेपाली संघ बेल्जियम