एनआरएन बेल्जियम अध्यक्षमा अनुजा प्रधानको उम्मेरद्बारी घोषण

बेल्जियम – गैर आवासिय नेपाली संघ (एनआरएन) एनसीसी बेल्जियमकि उपाध्यक्ष अनुजा प्रधानले एनआरएन एनसीसी बेल्जियमको अध्यक्षको लागि उम्मेरद्बारी घोषणा गरेकी छन् ।

ब्यबसायका साथै सामाजिक अभियान्ताका रुपमा पनि उत्तिकै सकृय रहेकी प्रधानले एनआरएन एनसीसिको उपाध्यक्षको भुमिका कुशलतापुर्वक निभाईरहेकी छिन ।

२५ असारमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले एनआरएनका अग्रजहरुसँगको सल्लाह र निकटवर्ती साथिहरुको परामर्शमा आफुले अध्यक्षमा उम्मेद्बारी दिने निर्णय गरेको र कुनै हालतमा आफ्नो उम्मेरद्बारी फिर्ता नहुने उनको दावी छ ।

उम्मेद्बारी घोषणा कार्यक्रममा आफ्नो धारणा राख्दै उनले ” महिलाहरुलाई आरक्षमुखी निरिहता बाट नारीलाई नेतृत्व गर्न सक्ने स्वाभिमानि अभियान्ता बनाउँदै सामाजिक रूपान्तरण गर्ने दायित्व पूरा गर्न मेरो उम्मेरद्वारी हो । ” उनले भनिन् ।

महिलाहरु पनि बेल्जियमको नेपाली समाजको आधा हिस्सा भएको उल्लेख गर्दै महिलाहरु राजनैतिक रुपमा एक ढिक्का हुने हो भने महिलाहरूलाई नेतृत्वमा पुग्न कसैले रोक्न नसक्ने उनको दावी छ । अन्तर्राष्ट्रिय महिला संयोजक, उपाध्यक्ष र आईसिसीमा समेत धेरै महिलाहरु पुगिसकेको बताउँदै आफू पनि सम्झौताहिन ब्यालेटको लडाइँको लागि हरेक हिसाबमा योग्य रहेको टिप्पणी गरीन ।

अध्यक्षमा उम्मेरद्वारी घोषणा गरेकी प्रधानले एनआरएन बेल्जियमको महासचिव हुँदै महासचिवको कार्यभार पूरा गर्दै अहिले एनआरएन बेल्जियमको उपाध्यक्ष समेत छिन ।