एनआरएन नेदरल्याण्डको वरिष्ट उपाध्यक्षमा विष्णु वास्तोलाको उमेदवारी

गैर आबासिय नेपाली संघ नेदरल्यान्द्सको आगामी सेप्टेम्बर तीन तारिक हुने निर्वाचनमा नेदर्ल्यान्द्सको नेपाली समाजमा सामाजिक कार्यमा सधैं अगाडि देखिने बिष्णु बास्तोलाले बरिष्ठ उपाध्यक्षमा उम्मेद्बारी दिनु भएको छ ।

नेपाली जन संपर्क समिती नेदर्ल्यान्द्स र एनआरएनए नेदरल्यान्द्सका बिभिन्न पदमा बसी आफ्नो नेत्रित्व क्षमता देखाइ सक्नु भएका बास्तोला यहाँको नेपाली समाजमा मिलनसार र सहयोगी ब्यक्तिका रुपमा पारीचित हुनु हुन्छ ।

नेदरल्यान्द्स र नेपालमा भैपरी आउने समस्या र आपतबिपतमा सक्रिय भएर सहयोगमा जुट्ने बास्तोला नेदरल्यान्द्स बासी नेपालीहरुको विश्वाश जित्न सके अझ सक्रिय भएर सामाजिक काममा लाग्ने र केही उदाहरणीय काम गर्ने आफ्नो अठोट ब्यक्त गर्नु भएको छ ।

नयाँ पुषताका नेपाली युबा हरुलाई एनआरएनको अभियानमा जोड्ने, बिभिन्न सामाजिक संघ संस्थाहरु सँग मिलेर एनआरएनको अभियानलाई अगाडि बढाउने र नेपालको सम्ब्रिद्धीमा नेदर्ल्यान्द्बासी नेपाली समुदायलाई हातेमालो गराउन सहयोगी भूमिका खेल्ने बचनबद्धता प्रकत गर्नु भएको छ ।