एनआरएन ईटालीले फुटवल प्रतियोगिता आयोजना गर्दै

चारदिशा सम्वाददाता।

गैर आवासीय नेपाली संघ ईटालीले विभिन्न सामाजिक संस्थाहरुको सहभागितामा अगस्ट १४ र १५ का दिन पिसामा  फूटवल खेल आयोजना गर्ने भएको छ। एनआरएनए ईटाली कप २०१६ नाम दिइएको उक्त प्रतियोगितामा सहभागि हुन ईटालीमा सक्रिय सवै सामाजिक संस्थाहरुलाई हार्दिक आह्वान गरिएको छ।

ईटालीवासी नेपाली समुदायवीच  निकट आपसी सम्वन्ध कायम राख्ने र नयाँ पुस्तालाई खेदकुद प्रति आकर्षित गर्ने उद्देश्यका साथ उक्त प्रतियोगितात्मक कार्यक्रमको आयोजना गर्न लागिएको एनआरएनए ईटालीका महासचिव राम कुमार राईले चारदिशालाई जानकारी दिएका छन्। यस्तो प्रतियोगितात्मक कार्यक्रमले भविष्यमा यूरोप स्तरीय कार्यक्रममा सहभागी हुने मार्ग खोल्ने विश्वास गरिएको छ।

आयोजक संस्थाले विभिन्न सामाजिक संस्थाहरुलाई नाम दर्ता प्रकृया अगाडि वढाइदिनहुन आग्रह गरेको छ। दर्ता प्रकृया , खेलकुद टिम दर्ता गर्ने म्याद  लगायतका विषयहरुमा भने निकट भविष्यमा सुचित गरिने महासचिव राईले वताए।