ईटाली स्थित नेपाली समाज पिसाको वार्षिक साधारण सभा सम्पन्न

पिसा,ईटाली।

ईटालीको पिसा स्थित नेपालीहरुको संस्था नेपाली समाज पिसाको वार्षिक साधारणा सभा समाजका अध्यक्ष सन्तोष पाण्ड‍ेको शभापतित्वमा आइतवार सम्पन्न भएको छ । गैर आवासीय नेपाली स‌घ ईटालीका उपाध्यक्ष दिपेश रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा  विगत एक वर्षमा संस्थाले गरेका विविध सामाजिक क्रियाकलापका वारेमा पारिएको थियो।

वार्षिक साधारण सभाको समुद्घाटन प्रमुख अतिथि रेग्मी  र सभापती पाण्डेले संयुक्त रुपले पानसमा वत्ति वालेर गर्नुभएको थियो। कार्यक्रमलाई सम्वोधन गर्दे प्रमुख अतिथि  रेग्मीले नेपाली समाजले नियमित रुपले गर्ने सामाजिक गतिविधिले प्रवासमा आपसी मेलमिलाप र सहकार्य गर्न सहयोग पुगेका धारणा व्यक्त गर्नुभयो।

साधारण सभाका वीच नेपाली समाज पिसाको विभिन्न गतिविधिका सहयोग प्रदान गर्ने दुईजना  ईटालियन नागरीकहरु लुचेत्ता मुच्च्यो साल्भेत्ती र एलेना मानुन्ची लाई सम्मान गरिएको थियो।

संस्थाका कोषाध्क्ष जीवन श्रेष्ठले विगत एक वर्षदेखिको स‌ंस्थाको आर्थिक विवरण सभा समक्ष पेश गरेका थिए भने कार्यक्रम नेपाली समाज पिसाका सचिव  गणेश रावलले सन्चालन गरेका थिए।

कार्यक्रममा पिसास्थिन नेपालीहरुको उल्लेख्यरुपमा उपस्थिति रहेको थियो।