किन नेपालीहरुले प्रवासमा आफ्नो संस्कृतिको महत्व राख्दैनन् ?

पुरुशोत्तम सुबेदी,
हामी जुन देशमा बस्दछौँ – त्यो देशको मूल भाषा सिक्न अत्यन्त आवस्यक पर्दछ । किनकी कुनै पनि देशमा कामकाजी(अफिसियल) भाषा त्यो देशको मूल भाषाबाट नै जोडिएको हुन्छ । तपाइँहरुको अगाडी यो तल देखिएको फोटोमा हामी बिदेसी ८ मुलुकबाट आएका १२ अनुहारहरु लाइ देख्न सकिन्छ । यहाँ भन्न के खोजिएको हो भने बिभिन्न बाहिरी मुलुकबाट बेल्जियम आएता पनि हामीले बेल्जियममा हाम्रो भाषालाई रास्ट्रीय भाषा बनाइयोस भनेर कुर्लने अधिकार यहाँको संबिधानको कुनै पनि धारा -दफामा लेखिएको छैन । यदि यहाँ कानुन हातमा लिएर रास्ट्र बिरुद्ध उत्रने जो कोही होस् , उ रास्ट्रद्रोहीको सजाएँ भोग्न बाध्य हुन्छ । हो हामी अलग अलग देशबाट आएका अलग संस्कृतिका मानिसहरु हौँ , अलग-अलग संस्कृति भएका सबै बिदेशी नागरिकहरुका लागी पनि आ -आफ्नो धर्म संस्कृति मान्ने अधिकार भने बेल्जियमको संविधानले दिएको छ । त्यसैले बेल्जीयममा अन्य देशबाट आएका मुस्लिमहरुले मठहरु बनाएका छन् – त्यस्तै: बुद्धिस्टहरुले पनि गुम्बाहरु बनाएका छन् । शिखहरुका गुरुद्वार पनि भेटिन्छन l सबैले आ- आफ्नो धर्म संस्कृतिमा रमाउने स्थल बनाएकै छन् , रमाएकै छन् ,राम्रो संग आपसमा मिलेर बसेको पाइन्छ ।

तर बेल्जियममा नेपालीमूलका मानिसहरुको चहल पहल भने बेग्लै खालको पाइन्छ , बेल्जियममा बस्ने नेपालीहरुको पहिलो जेनेरेसनले न यहाँको भाषा लाइ पछ्याएको पाइन्छ न त बिदेशमा भावी नेपाली पुस्ताको लागि आफ्नो मात्रीभाषा एबं धर्म संस्कृति लाइ जोगाउन तर्फ लागेको पाइन्छ ; बरु यहाँ त चारवटा बाँसका खम्बा गाडेर टुप्पोमा खिचडीको खड्कुलो (ताउलो) बसाएर तल आगो फुक्नेहरुको ताँती छर्पस्टई देख्न सकिन्छ l बेल्जियममा स्थायी बसोवास गर्दै आएता पनि यहाँका नेपालीहरुले यही देशमा नेपालीहरुको हक अधिकार बारे कुनै चासो दिएको पाइदैन । बेल्जियमा ६० प्रतिसत नेपालीहरु नेपालको भन्दा चर्को राजनिती(लाजनिती) जात निती, क्षेत्र निती, नेत्र निती, भ्रस्ट निती,दलाल निती,चोर निती,ठग निती, थुप्रै नीतिमा निकै पोख्त देखिन्छन l

बेल्जियमका नेपालीहरुले एक प्रकारको(नेपालको जस्तै) नेपाली छायाँ सरकार चलाउन सफल भएका छन् , बेल्जियममा पनि नेपाली संघियता छ l यहाँ पनि थुप्रै मुख्य मन्त्रीहरु छन् l यहाँ नेपाली केन्द्रिय सरकार पनि छ जुन एन आर एन को नामले परिभाषित छ , यहाँ बिभिन्न युरोपिएन नेपाली सार्क रास्ट्रहरु पनि छन । हरेक मुलुकमा नेपाल बाटै मोहर प्राप्त रास्ट्रीय पार्टीहरु पनि छन् , र यसका लागी युरोप संयोजकको रुपमा बिभिन्न पार्टीका मुख्य मन्त्रीहरु पनि खटाईएका छन । त्यस्तै यहाँ बिभिन्न नेपाली प्रान्तीए पार्टीका सरकार पनि छन् , जस्तै : ब्रुसेल प्रान्त ,आन्त्रोपेन प्रान्त , लुभेन प्रान्त , गेन्ट प्रान्त , ब्रुगे प्रान्त , र ओस्टण्डे प्रान्त । यी प्रान्तहरुमा नेपाली केन्द्रिय सरकार(एन आर एन)को अधिनमै प्रान्तीय (एन आर एन) सरकार , संसद र यसका लागी मुख्यमन्त्रीहरु पनि खटाईएका पाइन्छन ।

नेपालको जस्तै यहाँ पनि बेला बेलामा बेल्जियम नेपाली सरकारको चुनाव हुन्छ । यहाँ पनि चुनावका लागी अयोधी प्रसाद आयुक्तहरुको नियुक्ती हुन्छ । तिनै आयुक्तहरुले आफ्नै पोल्टामा पर्ने गरि निस्पक्ष: चुनाव गराउछन ।

नेपालमा जस्तै यहाँ पनि माननीय र मुख्य मन्त्री लाइ चुनावमा निकै महँगो पर्न जान्छ, यहाँ पनि खसी र जाँडको खोलो नबगाए जुनसुकै चाटुकार लाइ पनि चुनाव जित्न हम्मे – हम्मे पर्छ । यहाँ पनि नेपालको जस्तै पदको बार्गेनिङ्ग हुन्छ- पद जित्न र जिताउन पैसा खुवान्छ र खाइन्छ , बेल्जियममा पनि माथी बाटै घात र अन्तरघाती चट्य़ाङ्ग बेहोरेका पिडित थुप्रै बामदेव र नारायणकाजीहरु छन् । यहाँ पनि बेला बेलामा नेपालको जस्तै अख्तियारले दलाल र ठगहरुलाई समात्न कार्वाईको दाएरामा ल्याउन पहल गरेको पाइन्छ – तर उ आफै भ्रस्ट भएकोले कारवाई गर्ने आँट गर्न सक्दैन . नेपालमा जस्तै यहाँ पनि अख्तियारको सुचिमा परेका मानिसहरु छन् , हालसम्म दुइजना ठगहरु ठगी काण्डमा फरार छन् , कार्यबाहीको सुचिमा रहेका तिनीहरुलाइ यहाँको नेपाली अख्तियार अनुसन्धान आयोगले उल्टै संरक्षण गरेको पनि सुन्न पाइन्छ ।

नेपालमा जस्तै यहाँ पनि ठुला ठुला महोत्सव हुने गर्दछन – त्यस्ता महोत्सवहरु सधैं घाटामा देखाइछन l यसबाट भएको नाफा सिमित व्यक्तिहरुले मात्र उपयोग गरेको पाइन्छ l यहाँको केन्द्रियनेपाली सरकारले बेला बेलामा यो वा त्यो बहानामा प्रान्तीय सरकार एबं मानव अधिकारवादी संघ संस्थाहरु संग १०० युरो देखी १५० युरो सम्म स्वयिक्षिक ट्याक्स असुल्ने गर्छ lतर यस्तो ट्याक्स ति प्रान्तीय सरकारका मुख्य मन्त्रीहरु एबं अन्य मानव कल्याणकारी संघ संस्थाहरुले आफ्नो साख जोगाउन र आफैमा संमानित खातिर राज्य कोस बाटै खर्च गर्दछन ।

नेपालको जस्तै यहाँ पनि सरकार असफल गराउन विपक्षहरु लागि परेका हुन्छन भने कति त सरकार भित्रै बाट खुट्टा तानिरहेका हुन्छन , नेपालमा जस्तै यहाँ पनि उपेन्द्र यादवहरु छन् जसले सधैं अशोक राइ जस्ता लाइ प्रयोग गरेर आफ्नो लाजनिती ढाक् छोप गर्ने काम गरिरहेका हुन्छन् ;

यो वा त्यो ढंग बाट नेपालको जस्तै छायाँ सरकारको रुपमा संघिय र केन्द्रिय सत्ता संचालन गर्दै आएका केही धुर्त नेपालीहरुले बेल्जियमका नेपालीहरुको हकमा कुनै एउटा महत्वपूर्ण काम गर्न सकिरहेका छैनन् , बेल्जियम युरोपको केन्द्र बिन्दु एबं युरोपकै राजधानी रहेको देश हो , यहाँ हिन्दु सोसाईटी संग नजिक रहेका अत्यधिक नेपालीहरु छन् ।

ईस्मरणीय़ बिसय: के हो भने आफ्नो संस्कृति संग नजिक रहिरहन यहाँ एउटा बृहत हिन्दु धर्मस्थल स्थापना अर्थात हाम्रो नेपाली परम्परा एबं पूर्वीय दर्सन संग जोडिएको संस्कृति चाड बाड आदि मनाउनका लागी सार्वजनिक तिर्थ स्थल निर्माण गर्न युरोपवासी नेपालीहरुका लागी समेत अत्यन्तै ठुलो महत्व राख्दथ्यो , बेल्जियममा केहि वर्ष अगाडी माथी उल्लेखित सांस्कृतिक स्थल निर्माणार्थ सात दिने एउटा महायज्ञ समेत लगाइयो , तर उक्त महायज्ञ आयोजकको उद्द्यस्यनै स्वार्थले प्रेरित भएको हुनाले बृहत पबित्र महायज्ञले हावा खान पुग्यो ।

आखिर किन नेपालीहरुले प्रवासमा आफ्नो संस्कृतिको महत्व राख्दैनन् ? आखिर किन समाज र संस्कृति बिरोधी तप्का संग गालो मिलाइन्छ ? तपाइँहरु साँचिकै समाजसेवी हो भने बिनापूर्वाग्राही आउनुहोस हातमा हात मिलाएर युरोपकै केन्द्रमा रहेको देश बेल्जियममा एक बृहत हिन्दु मन्दिर निर्माण एबं एक घर एक हजारको नारा लिएर हामी सबै नेपाली युरोपवासी समाजको उत्थान र भलाइको अवधारणाहरुको एजेन्डा बोकेर अघि बढौं , अन्यथा युरोप भरि छरिएर रहेको यो पहिलो पुस्ताले नै नेपाली भाषा शिक्षा संस्कृतिको जगेर्ना गर्न नसके अर्को दोश्रो युरोपिएन नेपाली पुस्ता नेपाली संस्कृति बिहिन भै आफ्नो सबै पहिचान गुम्ने कुरामा दुइ मत छैन ।

बेल्जियमको तितो यथार्थ र बस्तबिकतामा आधारित लेखका लेखक ब्रुसेलनेपाल डटकमका पुर्व सम्पादक हुन् ,