अन्तिम याद ! (कथा)

सन्तोष बिस्ट 
भदौको महिना । कहिलेकाहीँ आकाशबाट बाक्ला आँसुहरु पोखिन्थे धर्तिमा । अनि धर्तीसगै चिप्लेटी खेल्दै खेल्दै कहि कतै बिलाइजान्थे माटोमा । कोहि गएर दगुर्थे नदिसँग अनि आँट गर्थे पुग्न सागरसम्म ।
यस्तै यस्तै दृश्य हेर्दै, सोच्दै उभिरहेको थिएँ, जेब्रा क्रस गर्न समय ढुकेर । आकाशले खसाली पठाइदिएका आशुका छिटाहरु आफ्नो शरिरमा थापेर । बानेश्वर चोकैमा। पानीले कपाल लगभग हिलो बनाइसकेको थियो । म लगभग निथ्रुक्क भिज्ने तरखरमा थिएँ, यत्तिकैमा ! आकाशबाट झरेको पानी मेरो टाउकामा आएर बजारिन छोड्यो ! बरु बजारियो टाउकाको माथी ओत बनेर बसिदिएको एक निलो रङको छातामाथी । अनि बाह्रवटा बाटो भएर ओर्लिन थाले जमिनतिर पानीका धाराहरु ।
को चै रैछ ? यसो हेरंे, मेरो देब्रे साइडमा बसेर मलाई अनि आफुलाई आधा आधा गरि छाता ओडाइरहेकी थिइन् । ड्रेस हेरे, एउटै कलेज रहेछ हामी दुवैको। तर अपरिचित ! बिल्कुल अपरिचित । मौन मुद्रामा म थिएँ उनी पनि ।
ट्राफिकले सिट्टि बजाउँदै हातले गाडिहरु रोक्यो।
हामी तर्यौ वारिबाट पारी । पारी हुनेहरु वारि आए । अघिसम्म छाता ओढाएकी अब भिडमै हराइन् । पानी झन झन् दर्किदै थियो। कलेज पुग्न अझै 5 मिनेट लाग्थ्यो। क्लास सुरु हुन १० मिनेट बाकी थियो। म कलेज जाँदै थिए ! एकदम हतारमा।
पछाडि तर अलि परबाट एक स्त्रीरूपी सुरिलो आवाज आयो ! “सन्तोष ” , “एकछिन पर्ख त ।”
म पछाडि हेरंे ! त्यो उनै थिइन् जो अघि ओत लगाइरहेकी थिइन् मलाई। अचम्मित परे, मेरो नाम कसरी थाह पाइन् होलि यिनले? मनमनै सोचंे।
नजिक आइन् । छाता ओढाइन् र हिड्यौ सङ्गै कलेज । जिवनमा केटिमान्छेसँग सगै छाता ओढेर हिडेको त्यो पहिलो दिन थियो। हिड्दै गर्दा सोधिन् , “किन केही नबोलेको?”
मैले भने, ” चिनेको छैन देखेको छैन, नाम थाह छैन कसरी बोल्नु कसरी बोलाउनु “?
मेरो नाम “कुसुम” उनले भनिन् !
अहो ! कस्तो राम्रो नाम साच्चै नामजस्तै थिइन् ऊनी !
मलाई कसरि चिन्यौ? मैले सोधे !
“तिमिलाई मैले कलेज सुरु भएको एक महिना पछि चिनेको” – उनले भनिन् !
मलाई थाह छ तिमी फिजिक्स र म्याथमा अब्बल छौ, मलाई म्याथ केही आउदैन तिमिले ब्रेक टाइममा मलाई म्याथ सिकाइदिनुपर्छ म जहिल्यै सिक्न आउछु तिम्रो सेक्सनमा ! बुझ्यौ? उनले भनिन् ! उनि बायलोजिको बिद्यार्थी थिइन् ! म फिजिकल ! यतिकैमा कलेज आइपुग्यो । हामी आ आफ्नो सेक्सनमा गयौं !
ब्रेक टाइम भयो ! क्लासबाट हत्तारिदै कोहि रेस्टरुम , कोहि खेल्न ,कोहि क्यान्टिन, कोहि लाइब्रेरी , कोहि प्र्याक्टिकलको होमवर्क गर्न थाले! म मौन थिए एक्लै थिएँ। एक्लो सिटमा। मेरो बेन्ज पार्टनर सन्जिव त्यो दिन अनुपस्थित थियो। साच्चै नै , त्यो सन्जिव बिनाको क्लास मलाई धेरै नै खल्लो लाग्थ्यो ।नरमाइलो लाग्थ्यो।
उ मेरो धेरै नजिकको साथी थियो । अरु पनि साथी नभएको चै हैनन् थिए तर धेरै नजिक थिएनन् ! जति उ थियो।
एक्लै हुँदाको साथी भनेको मेरो लागि अक्सर किताब नै हुने गर्थ्यो। म फिजिक्सको प्रोजेक्टाइल हेर्दै थिएँ। यत्तिकैमा, दुइवटा स्त्री अनुहार मेरो सेक्सनमा हुत्तिदै आयो अनि अडियो मेरै सामु । म्याथको किताब बडो जतनसँग पाखुराले च्यापेर ल्याएका थिए। अनुहार धप्प बलेको। गोलो अनुहार। अनि मिलेका दाँत । एउटा गुलियो मुस्कान…..!!
कुसुम अनि कुसुमको मिल्ने एउटि अर्कि साथी सरिता । “कति पढ्छौ क्या ? अब हामिलाई नि पढाउनुपर्छ तिमिले” यस्तै भन्दै बसिन् मेरै छेउमा उनी । उनको साथी तल्लो बेञ्चमा हामितिर फर्केर बसिन्।
” तिमिहरु खाजा खान नगएको?” मैले सोधे।
“अह नखाने अब त म त सधै तिमिसित पढ्न आउने हो।” कुसुम यहि भन्दै थिइन् !
“म सधै यहाँ हुदिन ! आज साथी आएको छैन त्यही भएर मात्र यहि बसेको म त साथी आएपछी कम्प्युटर ल्याबमा मात्र हुन्छु”! मैले भने!
धपक्क बलेको खुसिको दियो जस्तो मुहार अलि मधुरो भएजस्तो देखे मैले उनलाई।
अनि भनिन् !
“आजबाट तिमी र म बेस्ट फ्रेन्ड है”
हवस् ! भने !
हामी साथी भयौं ! म्याथको “लिमिट” को बारे अलि अलि सिकाइदिएँ । उनी सिक्दै अनि बेलाबेलामा मेरो आखाँमा गम्भीर भएर हेर्थिन।
कहिलेकहिले त हेरिरहन्थिन मात्र। सायद , मेरो आखासगँ उनको आखाको प्यार छ, चिनजान छ। यस्तै केही त छ छदँैछ ।
ब्रेक टाइम सकियो ! “सन्तोष ! भोलि पनि आउछु सधै आउछु , तिमी कतै जादैनौ है,,”! यस्तै भन्दै गइन् ! म केही जवाफ दिइन मात्र एकफेर मुस्कुराएझै गरिदिएँ।
कलेज छुट्टि भयो ! कोठा आएँ। मनमा अनेक अनेक कुराहरु खेलिरहे। मोबाइल निकाले अनि फेसबुक खोले ! धेरै पहिला पठाएकी रहिछन् फ्रेन्ड रिक्वेस्ट। एक्सेप गरिदिएँ। प्रोफाइल हेरे, उनको प्रोफाइल तस्वीर बढो फुलझै मुस्कुराएको थियो। आहा ! कति राम्री कति राम्री हेरिरहुझै लाग्ने। एकछिन त हेरिरहेमात्र ।
एक घण्टापछि म्यासेज आयो ! म्यासेजमा कुरा भयो । कुरा धेरै भयो। कुरा गर्दै जादा , उनले भनिन् ! तिमी कति सोझो र इमान्दार छौ,
अनि ट्यालेन्ट पनि। तिमिलाई सरहरुले कति माया गर्नुहुन्छ । अनि तिम्रो बारेमा मैले आर बि सर बाट सुनेको। एकदिन हाम्रो सेक्सनमा तिम्रो बारे सरले हामिलाई बताउनुभएको थियो। मैले त्यही दिनदेखी तिमिलाई भेट्न खोजिरहेकी थिए। बोल्न खोजिरहेकी थिए। तर म तिमिलाई देखेर पनि बोल्न सकिराको थिइन। धन्य भगवान् ! आज तिमिसग बोल्न पाएर कति धेरै खुसी लागेको छ। “आइएम सो ह्यापी टुडे।”
भोलिपल्ट , ब्रेक टाइममा सन्जिब र म थियौं !
सन्जिव ल्याब जाउ कि जाउ भन्दै थियो। मैले उसलाई थमथमाएर राखेको थिए। मैले सबै उसलाई बताएको थिए। उस्ले भन्थ्यो- ” तँ मुला सिधा छस यहाँ सहरका केटिले तलाई फसाउलान खुरुखुरु आफू पढ् , भोलिपर्सी बोल्दै जादा माया बस्छ अनि पढाइ स्वाह ! भाइ मेरो नि १० क्लासमा एउटि सग प्रेम बसेको थियो । तर पछि हाम्रो रेलेशन बिगृयो। उनको याद मेट्न अझै मलाई गाह्रो भैरहेको छ। मलाई यो केटि मान्छेको बिश्वास लाग्दैन यार !”उसले भन्यो !
सन्जिवलाई कसैले बोलायो बाहिरबाट , ” ओइ टिम पुगेन फुटबल खेल्न आइज।”
“त बसेर पढाउदै गर म चै फुटबल खेल्न गए है “
भन्दै हिड्यो सन्जिव !
एकछिनपछि, कुसुम आइन् ! तर आज उ एक्लै थिइ। खोइ तिम्रो साथि? भनेर सोधे, म आएँ त म एक्लै आउँदा तिमिलाई के हुन्छ? म तिम्रो साथि तिमी मेरो साथी। यति भनेर मेरो सिटमा आएर मैसग बसिन। एकदम नजिक।
समय बित्दै गयो। समयको गति सगै हामी धेरै नजिक भैसकेका थियौं । कलेजमा ब्रेक टाइममा र खाली समयमा उनी प्रायः मैसग हुन थालिन् ! म पनि उनैसग। पढ्न आउने उनको दिनचर्या नै भैसकेको थियो। बिस्तारै बिस्तारै, कलेजमा साथिहरुले मलाई सोध्न थाले, ” कुसुम तेरो गल्फ्रेन्ड हो?”
क्या दाम्मी केटि पट्याईस यार !
यस्तै यस्तै … केके हो केके।
उनलाई पनि यसै भन्दा हुन् उनका साथिहरुले।
म यस्तै सोच्थे।
थाह थिएन उनको र मेरो कस्तो सम्बन्ध थियो?
जस्तो थियो ! एकदम साथित्वको थियो।
एकदिन मैले सोधेको थिए !
तिमी के बन्छौ?
– डाक्टर । उनले भनिन् !
अनि उनले पनि सोधेकी थिइन् !
तिमी?
– इन्जिनियर ! मैले यसो भनेको थिएँ!
“यस्तो ट्यालेन्ट मान्छेले त एक नम्बरमा नाम निकाल्छ होला पुल्चोकमा !” उनले भनिन् !
“हेरौं ! प्रयास गर्छु सकेसम्म।” मैले यत्ती भने!
समय चक्र सँगै। दिन मोडिएको थियो। समय मोडिएको थियो। सबै मोडिएका थिए। यस्तै गरि मोडिएको थियो हाम्रो कलेज लाइफ पनि। हामी बाह्र कक्षाको अन्तिममा थियौं। लगभग दुई बर्षको कलेज जिन्दगी सकिनेवाला थियो। कुसुम र म एकदम निकट भैसकेका थियौं। आँखाले आँखासग प्रेम गरेको थियो। तर मुखले प्रेम ओकल्न सकेको थिएन। बस् दुई जनाबिच प्रेम थियो। एकदम भित्र भित्रै थियो। आफू आफुसगै थियो। आफै भित्र थियो।
कलेजको अन्तिम दिन, बिदाई कार्यक्रम कलेजले राखेको थियो। त्यो दिन ! धेरै बिद्यार्थीहरुको अनुहारको उज्यालो फुङ्ग भएझै देखिएको थियो। किनकि , अन्तिम दिन , अन्तिम पटक , अन्तिम चोटि त्यो कलेजको ड्रेस लगाएर हामी उभिएको थियौं । बस् कुरिरहेको थियौं । कलेजको अन्तिम बिदाई। त्यो दिन सरहरुले आ आफ्नो बिचार अनि मार्गदर्शन राखिदिनुभयो मञ्चमा गएर। अनि साथिहरु पनि आ आफ्नो कला प्रदर्शन गरिरहेका थिए। त्यही भित्र म पनि थिए ! एउटा गितको लागि ।
… गाजालु ती ठुला ठुला आँखा …
यहि गित मैले पहिलो चोटि लाइभ गाएको थिए!
किन हो यो गितभित्र उनैलाई मात्रै देखिरहेको थिए। किनकि, उनैले भनेकी थिइन् ” मेरै लागि भएपनि एउटा गित गाइदेउ न है ल!”
कलेजले बिदा दियो हामी बिदा भयौं !
अब फेरि ११-१२ नपढ्ने गरि बिदा। साथिभाइहरुसग बडो दुखपुर्वक अङ्कमाल गर्दै बिदा भयौं ! अन्तिम परिक्षाको तयारी अनि सफलताको भब्य शुभकामना अनि बाकी भविस्यको पनि शुभकामना दिदै हामी छुट्टिएउ।
छुट्टिन बाकी त्यही कुसुम थिइन् ! उनी धेरै भावुक थिइन् ! किन हो मलाई थाहा थिएन। उनले भनिन् ” आज मलाई कस्तो नराम्रो लागिराछ, अब त हाम्रो भेट कहिल्यै हुदैन होला है?” ।
मन भावुक भयो। बोल्नै केही सकिन । ” हुन्छ नि किन हुँदैन ? १२ को बोर्ड सकेपछि हामी भेट्छौ?” मैले यत्ती भने।
उनले भनिन् —
-‘ इन्जिनियरमा नाम निकाल्नु , इन्जिनियर बन्नु। म डाक्टर बन्छु। “
साथै !.”आइ लभ यु सन्तोष” भन्दै अङ्कमाल गर्दै आसुका ढिका झारिन।
“लभ यु टु पनि भन्न सकिन !” या भनौं , भन्नै आएन”।
“आइ रेल्ली लभ यु सन्तोष, यु आर माइ ग्रेट इन्स्पाइरेशन, आइ नेभर फर्गेट टु यु।”
उनको यो भावुक स्वरबाट म केही बोल्नै सकिन।
उनलाई सम्झाएँ ! अनि हामी आ- आफ्नो घर तिर लाग्यौं ! मैले आफ्नो मनको कुरा नसुनाएरै उनिसग बिदा भए। मनको कुरा मनमै रहे…।
१२ को अन्तिम परिक्षा सकियो, अहँ अन्तिम दिन उनिसग भेट भएन। मैले कतै देखिन। न त कहिल्यै फोन भयो, न म्यासेज, सबै हरायो। कता हरायो कता। बेपत्ता !.
यसरी अन्तिम दिनबाट हराएकी उनी अन्तिम सम्झना भएर बसिरहिन।
अन्तिम दिन मनको कुरा भन्छु भनेर सोचेको थिएँ। मलाई के थाह? त्यो अन्तिम छुट हो भनेर!
कहिल्यै नबिर्सिने याद । अन्तिम याद । कुसुम।
तिमी त नदिमा मिसिएउ पुग्यौ समुन्द्र।
म त बिलाएँ भुइमै बिलाएँ ।
केवल तिम्रा यादहरु समातेर ।
भन्छु भनेका कुरा मनभित्रै टाँसेर
म हराएँ !
आफै भित्र हराएँ !
सायद !
आँखाले गरेको प्रेम।
आँखा नजिक हौन्जेलमात्र हो !
आँखाले देखुन्जेलसम्म मात्र हो!
तिम्रो आँखाले मेरो आँखालाई
यसै गरि प्रेम गरेको थियो।
प्रिय कुसुम !!!