एन आर एनए हाम्रो एकता र आत्मियताको मन्च हुनुपर्छ , सुबाश पोख्रेल

गैर आबासीय संघको आगामी विश्व सम्मेलनको  तयारी जती जोडतोडले हुँदै छ त्यसरी यस विश्वाब्यापी प्रबासी नेपालीहरुको संगठनको चुनाबी  सरगर्मी पनि बढीरहेको छ , उम्मेदवारहारु आगामी नेत्रित्वको लागि बिभिन्न गतिबिधीमा सकृय छन , प्रचार प्रसार ब्यापक भैरहेको छ ।

युरोपका बिभिन्न देशमा सामाजिक गतिबिधीमा सकृय रहेका र हाल स्वीटजरल्यान्ड निवासि एन आर एनए स्वीटजरल्यान्डका पूर्व महासचिब एबम आगामी कार्यकालका लागि ‘युरोप सहसम्योजक’ पदका उम्मेदवार सुबाश पोख्रेल सँग उनको आगामी कार्ययोजनाका बारेमा चारदिशाले गरेको छोटो कुराकानी …..

तपाईंको उम्मेदवारी के लागि ?

गैर आबासीय नेपाली संघले एक दशक पार गरेर आफ्नो सन्जाल ७१ वटा देशहरुमा फैलाई सकेको छ । साथीहरु सबै देशमा ‘प्रबासको नेपाल’ बनाएर एसैको माध्यमबाट  नेपालीत्वको सम्मान  र सम्रक्षण गरी रहनु भएको छ । हाम्रा दु:ख सुख साट्ने चौतारी भएको छ एन आर एनए , मातृभूमीको ममताको त्रिष्णाले छटपटाउदा प्रत्यक प्रबासी नेपालीको हृदयलाई शान्ती दिने शान्ती  र सद्भाबको मन्च भएको छ यो संस्था । अरबमा पसिना बगाउदै गरेको नेपालीले अज्ञानताले गरेको गल्तिमा मृत्‍युदन्ड पाउदा अमेरिकाको नेपालीले आफ्नो पसिनाको कमाइ जम्मा गरेर झुन्डिना लागेको नेपाली आत्मालाई जिबन र जगतमा फर्काउन  बरदान् हुन सकेको छ यो संस्था ।

प्रबासमा थुप्रै संघ संस्था सक्रिय छन , प्रबासीएको पुषताले आफु संगै बोकेर ल्याएको सँस्क्रिती  र सँस्कार  भबिस्यको पुषतालाई सिकाउने र बचाउने जिम्मा दिनको लागि हाम्रो सामुहिक कर्तब्य पुरा गर्ने अभियान भएको छ एन आर एनए , सबैको एकता र आत्मा विश्वाशको यो चिनारीलाई अझ धेरै नेपाली मनको आस्था बनाउने अभियानको एउटा सिपाही हुने चाहना हो मेरो उम्मेदवारि ।

तपाईं त राजनितिक ब्यक्ती होइन र , सामाजिक संगठनमा किन ?

राजनिती गरिनेनै सामाजिक सेवाको लागि हो , समाज सुधारको अभियाननै  राजनिती हो , कुनै पनि संगठन सन्चालन गर्न संगठन बुझेको ब्यक्ती हुनु अति जरुरी हुन्छ , हामीलाई आज यो सस्थाको गरिमालाई सिखरमा पुर्याउन सक्ने , देश र परदेशको पिडा बुझेको र सबैलाई एकता, आत्मियताको सुत्रमा  बाध्न सक्ने ब्यक्तिको खाचो छ , गैर  आबसिय नेपाली संघको दर्ता , दोहोरो नगरिकता जस्ता बिषयमा संगठनले जुन सफलता पाएको छ त्यसमा अबस्य पनि हामीले राजनितिक रुपमा लबिङ गरेकोहो , तर त्यो कुनै पार्टी बिशेषको भन्दा पनि सम्पूर्ण प्रबासी नेपालीको सामुहिक एजेन्डा थियो ।

प्रबासको राजनिती हाम्रो समुदायको बिकास र प्रगतिको लागि हुनु पर्छ , एन आर एनएमा राजनितिक प्रतिष्पर्धा कुनै पनि हालतमा स्वीकार्य छैन र हुन दिन पनि हुँदैन , तर राजनितिक चेतना अबस्य चाहिन्छ , एक दसक भन्दा बढीको गैर आबासीय अभियानको अनुभब बाट हामीले सिकेको के हो भने यो संगठन प्रबासका ४० लाख भन्दा बढी नेपालीहरुको साझा संगठन हुँदाहुँदै पनि संगठनले सबैलाई समेट्न नसकेको पक्कै हो , तसर्थ अब हामीले हाम्रा केही गतिबिधीहरुमा पुनर्मुल्याङ्कन गर्नु पर्ने जरुरी भैसकेको छ । युरोप अमेरिका बस्ने अरबपती साथीहरुको यो संगठनलाई जती माया छ त्यो भन्दा धेरै अरबमा बस्ने मजदुर साथीको यो संगठनको माया छ स्रद्धा छ, उहाहरुको संलग्नताको खाचो छ एन आर एन लाई, संगठनको जिम्मेवारी कसले कती चन्दा दिन सक्छ भन्ने आधारमा हामीले दिन थालेउ भने यो संगठनको गतीमा ब्रेक लाग्ने पक्का छ , त्यसैले हामी बेलैमा सचेत हुन जरुरी छ   एन आर लाई सबै प्रबासका नेपालीहरु अटाउन सक्ने संस्था बनाउन हाम्रो मुख्य योजना हुनु पर्छ , मेरो ब्यक्तिगत प्रयास यसमै केन्द्तित हुनेछ ।

यो संस्थालाई बिसुद्ध सामाजिक र परोपकारी  संस्था बनाउन तपाईं निर्बाचित भए के गर्नु हुन्छ ?

वास्तवमा एन आर एनए सामाजिक र परोपकारी संगठननै हो , एकाध कमी कम्जोरी बाहेक यो संस्थाले आफ्नो परोपकारी चरित्र कायम राखेकै छ , एन आर एनका आज सम्म नेत्रित्वमा रहेका साथीहरुले इमान्दारि पूर्वक संस्थाको गरिमा कायम राख्न काम गर्नु भएको छ । केही तत्काल फाईदा खोज्नेहरुको प्रयासले कही केही गल्ती भए पनि भबिष्यमा हामी सचेत भएर नेपालको पुनर्निर्माण अभियानमा लाग्नु पर्छ । नेपालले  आज नयाँ युगमा प्रबेश गरेको अवस्थामा छ , हामीले हाम्रो देश प्रतिको कर्तब्य निर्बाह गर्न यो अवस्थामा चुक्नु हुँदैन , भोलिको नेपाल र प्रबासमा हुर्की रहेको हाम्रो दोश्रो पुषतालाई हामीले के दिन सकछौ , हामीले आजै निर्क्योल गर्नु पर्छ र त्यसको लागि सबै भन्दा उत्तम थलो भनेकोनै एन आर एनए को सन्जाल हो , [भबिस्यको सुन्दर नेपाल , स्वाभिमानी प्रबासी नेपाली], सपना पुरा गर्न संगठनका प्रत्यक सदस्यले  तन मन धनले सहयोग गर्नुपर्छ र त्यसको सम्योजन एन आर एनएले गर्नुपर्छ , त्यसको लागि म सकेको उर्जा लगाएर काम गर्नेछु ।

अन्त्यमा केही भन्नु हुन्छ कि ?

युरोपका नेपालीहरुले एन आर एनए को विश्व अभियानमा प्रसस्त लगानी गरेका छन , यहाँका एनसिसीहरुले गरेका कामको संसार भरिका साथीहरुले प्रसम्सा गर्नु हुन्छ , यो हामो लागि खुशीको कुरा हो , प्रबास र देशबासीको यो अपेक्षालाई हामीले पुरा गर्न अझ धेरै काम गर्नु पर्छ , म केही नयाँ कार्यक्रम सहित युरोपका एन आर एनहरुको एकता र मातृभूमीले गरेको अपेक्षा पुरा गर्न आफ्नो सम्पूर्ण उर्जा लगाएर काम गर्ने छु । त्यसका लागि यहाँहरुको सहयोगको अपेक्षा गरेको छु , आउँदै गरेका चाडपर्बहरु उल्लासमय होउन सबै साथीहरुलाई शुभकामना । धन्यवाद ।