अन्तराष्ट्रिय

सेनेगललाई हराउँदै अल्जेरिया अफ्रिकाको च्याम्पियन

एजेन्सी – अल्जेरिया अफ्रिकन च्याम्पियन बनेको छ । इजिप्टमा भएको अफ्रिका कप अफ नेशन फुटबलको उपाधि अल्जेरियाले जितेको हो । कायरोमा शुक्रबार राति भएको फाइनलमा सेनेगललाई १–० ले पराजित गर्दै अल्जेरिया अफ्रिकन च्याम्पियन बनेको हो । अल्जेरियाको जितमा बग्दाद बोएनेजाले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको दोस्रो...

बिस्तृत

कार बम विस्फोटनमा परी दशको मृत्यु, २६ घाइते

एजेन्सी, मोगादिसु – कार बम विस्फोटनमा परी सोमालियाको राजधानी मोगादिसुमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २६ जना घाइते भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । सोमाली प्रहरी आयुक्त बासिर अब्दी मोहमदले पत्रकारहरुलाई भन्नुभयो, “नौ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते... बिस्तृत

अमेरिका र भारतको सम्बन्धमा तनाव

एजेन्सी अमेरिका र भारतबिचको सम्बन्धमा तनाव सिर्जना भएको छ । सम्बन्ध बिग्रनुको कारण एक अर्काको देशबाट निर्यात हुने सामानमा लगाइएको कर हो । अमेरिकाको तर्फबाट आल्मुनियम तथा स्टीलमा भारतलाई दिईँदै आएको छुट फिर्ता लिएको थियो । त्यसको जवाफमा भारतले २८ अमेरिकी सामानमा ७० प्रतिशतसम्म कर लगाउने भएको छ ।... बिस्तृत

सुरु भयो फुटबलको दक्षिण अमेरिकी उत्सव

ब्राजिलको शानदार सुरुवात एजेन्सी – कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान सवा ६ बजेपछि भएको खेलमा ब्राजिलले बोलिभियालाई ३–० ले हराएको हो । ब्राजिलको जितमा फिलिप कोन्टिन्होले दुई तथा एभर्टन सोएरिसले एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको... बिस्तृत

युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

जेनेभा, (एएफपी) – अफ्रिकी मुलुकहरु कंगो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने भन्ने निर्णय गर्नेछ । सन् २००५ मा गठन भएको संगठनको आपतकालीन समूहको बैठक यसअघि चार पटक बसेको... बिस्तृत

लिचीमा भएको रसायनले भारतमा ४७ बालबालिकाको मृत्यु

एजेन्सी – उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ । बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो । स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो । चिनीमा रगतको मात्रा कम भएपछि... बिस्तृत

जापानका प्रधानमन्त्री इरान भ्रमणमा

रासस जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गर्नुभएको छ । प्रधानमन्त्री आबे संयुक्तराज्य अमेरिका र इरानबीच जारी द्वन्द्व र तनाबलाई मत्थर पार्ने उपायको खोजी गर्न इरानको भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री आबेको यो भ्रमण सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक... बिस्तृत

फेसबुकले ल्‍याउँदैछ विद्य‌ुतीय मुद्रा ‘क्रिप्टोकरेन्सी’

१८ जुनमा लिब्रा नामक क्रिप्टोकरेन्सी सार्वजनकि गरिने विश्‍वभर सामाजिक सञ्जालमा एकछत्र राज गरिरहेको फेसबुकले चाँडै नै विद्युतीय कारोबारको लागि ‘क्रिप्टोकरेन्सी’ प्रचलनमा ल्‍याउने भएको छ । तत्काल उक्त विद्युतीय मुद्रालाई लिब्रा नाम राखिए र आउँदो जुन १८ तारिक (असार ३ गते) सार्वजनकि गर्ने टेकक्रन्चले जनाएको छ । फेसबुकका अनुसार उक्त... बिस्तृत

माइक्रोसफ्ट विन्डोज साइबर आक्रमणमा पर्न सक्ने चेतावनी

वाशिंगटन् (बीबीसी) – अमेरिकाको राष्ट्रिय सुरक्षा सम्बन्धी एक महत्वपूर्ण निकाय न्याशनल सेक्युरिटी एजेन्सी, एनएसए, ले माइक्रोसफ्ट विन्डोज प्रयोगकर्ताहरूलाई उक्त अपरेटिंग सिस्टमको पुराना भर्सनहरूमाथि साइबर आक्रमण हुनसक्ने चेतावनी दिएको छ । अमेरिकी अधिकारीहरू र माइक्रोसफ्टले विन्डोजका पुराना भर्सनहरूमा मालवेयर भनिने खराब सफ्टवेयरको आक्रमण हुनसक्ने बताएका छन् । एनएसएले पुराना भर्सनका... बिस्तृत

बलात्कार अभियुक्त विधायकलाई भेट्न भाजपा सांसद साक्षी महाराज जेल पुगे

एजेन्सी – भारत उत्तर प्रदेशको उन्नावबाट विजयी भएका भारतीय जनता पार्टी (भाजपा) का सांसद साक्षी महाराज बुधकार सीतापुर जिल्ला कारागार गए । उनले त्यहाँ बन्दी रहेका भाजपा विधायक कुलदीप सेंगरसँग भेटघाट गरे । कुलदीप सेंगर उन्नाव जिल्लाको बांगरमउ सिटबाट भाजपाका विधायक हुन् र उन्नावको बहुचर्चित बलात्कार घटनाका मुख्य अभियुक्त... बिस्तृत

सैन्य परिषदसँग वार्ता गर्न सुडानका विपक्षीद्वारा अस्वीकार

नाइल नदीमा ४० जनाको शव सुडानमा प्रजातन्त्रको पक्षमा प्रदर्शन गर्दै आएका विपक्षीले सैन्य परिषदसँग वार्ता गर्न अस्वीकार गरेका छन् । सेनामा अहिले सैन्य परिषदले सत्ता चलाइरहेको छ । सेनाको शासनको अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्था लागु हुनु पर्ने मागसहित प्रदर्शन गरेकाहरुमाथि सेनाले दमन गरेको छ । सेनाको दमनको क्रममा... बिस्तृत