अन्तराष्ट्रिय

ईटाली प्रवेश गर्न खोज्ने आप्रवासीहरुको दुर्घटनामा मृत्यु

चारदिशा । लिवियाको सामुन्द्रिक तटवाट इटाली प्रवेश गर्ने क्रममा रहेको एक डुङ्गा दुर्घटना हुदा त्यसमा सवार कम्तिमा चालीस जनाको मृत्यु भएको छ। भुमध्य सागरको वाटो हुँदै यूरोप प्रवेश गर्न लागेको उक्त डुङ्गामाको ईन्जिनवाट अकस्मात धुवाँ निस्कँदा उक्त दुर्घटना भएको समाचारहरुमा जनाइएको छ। इटालीयन जलसेनालाई उदृत गर्दै विविसिले जनाए अनुसार...

बिस्तृत

बिहारमा महामारी, ज्यान गुमाउने बालबालिकाको संख्या १०० नाघ्यो

एजेन्सी – भारतको बिहारमा पछिल्लो समय फैलिएको महामारीका कारण ज्यान गुमाउने बालबालिकाको संख्या एक सय नाघेको छ । बिहारमा एक्यूट इनसेफलाइटिस सिन्ड्रोमको महामारी फैलिएको अनुमान छ । अहिलेसम्म १०३ बालबालिकाको ज्यान गएको पुष्टि भएको स्थानीय अधिकारीले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १० वर्ष भन्दा कम उमेरका कम्तिमा २००... बिस्तृत

तान्त्रिकसंग यौन सम्पर्क गर्न नमानेपछि क्रुर पतीले गरे पत्नीको हत्या

काठमाडौं – भारत उत्तर प्रदेशको आग्रामा एक पतिले आफनै पत्नीको हत्या गरेका छन् । हत्या गरेपछि पक्राउ परेका उनको बयान सुन्दा मानिसहरु सबै छक्क परेका छन् । पतीले पत्नीलाई तान्त्रिकसंग यौन सम्पर्क गर्न भन्दा पत्नीले नमानेपछि उनले आफनै पत्नीको हत्या गरेका हुन् । धनी हुने आशामा ३५ वर्षीय मानपाल... बिस्तृत

कार बम विस्फोटनमा परी दशको मृत्यु, २६ घाइते

एजेन्सी, मोगादिसु – कार बम विस्फोटनमा परी सोमालियाको राजधानी मोगादिसुमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २६ जना घाइते भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । सोमाली प्रहरी आयुक्त बासिर अब्दी मोहमदले पत्रकारहरुलाई भन्नुभयो, “नौ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते... बिस्तृत

अमेरिका र भारतको सम्बन्धमा तनाव

एजेन्सी अमेरिका र भारतबिचको सम्बन्धमा तनाव सिर्जना भएको छ । सम्बन्ध बिग्रनुको कारण एक अर्काको देशबाट निर्यात हुने सामानमा लगाइएको कर हो । अमेरिकाको तर्फबाट आल्मुनियम तथा स्टीलमा भारतलाई दिईँदै आएको छुट फिर्ता लिएको थियो । त्यसको जवाफमा भारतले २८ अमेरिकी सामानमा ७० प्रतिशतसम्म कर लगाउने भएको छ ।... बिस्तृत

सुरु भयो फुटबलको दक्षिण अमेरिकी उत्सव

ब्राजिलको शानदार सुरुवात एजेन्सी – कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान सवा ६ बजेपछि भएको खेलमा ब्राजिलले बोलिभियालाई ३–० ले हराएको हो । ब्राजिलको जितमा फिलिप कोन्टिन्होले दुई तथा एभर्टन सोएरिसले एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको... बिस्तृत

युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

जेनेभा, (एएफपी) – अफ्रिकी मुलुकहरु कंगो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने भन्ने निर्णय गर्नेछ । सन् २००५ मा गठन भएको संगठनको आपतकालीन समूहको बैठक यसअघि चार पटक बसेको... बिस्तृत

लिचीमा भएको रसायनले भारतमा ४७ बालबालिकाको मृत्यु

एजेन्सी – उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ । बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो । स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो । चिनीमा रगतको मात्रा कम भएपछि... बिस्तृत

जापानका प्रधानमन्त्री इरान भ्रमणमा

रासस जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गर्नुभएको छ । प्रधानमन्त्री आबे संयुक्तराज्य अमेरिका र इरानबीच जारी द्वन्द्व र तनाबलाई मत्थर पार्ने उपायको खोजी गर्न इरानको भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री आबेको यो भ्रमण सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक... बिस्तृत

फेसबुकले ल्‍याउँदैछ विद्य‌ुतीय मुद्रा ‘क्रिप्टोकरेन्सी’

१८ जुनमा लिब्रा नामक क्रिप्टोकरेन्सी सार्वजनकि गरिने विश्‍वभर सामाजिक सञ्जालमा एकछत्र राज गरिरहेको फेसबुकले चाँडै नै विद्युतीय कारोबारको लागि ‘क्रिप्टोकरेन्सी’ प्रचलनमा ल्‍याउने भएको छ । तत्काल उक्त विद्युतीय मुद्रालाई लिब्रा नाम राखिए र आउँदो जुन १८ तारिक (असार ३ गते) सार्वजनकि गर्ने टेकक्रन्चले जनाएको छ । फेसबुकका अनुसार उक्त... बिस्तृत

माइक्रोसफ्ट विन्डोज साइबर आक्रमणमा पर्न सक्ने चेतावनी

वाशिंगटन् (बीबीसी) – अमेरिकाको राष्ट्रिय सुरक्षा सम्बन्धी एक महत्वपूर्ण निकाय न्याशनल सेक्युरिटी एजेन्सी, एनएसए, ले माइक्रोसफ्ट विन्डोज प्रयोगकर्ताहरूलाई उक्त अपरेटिंग सिस्टमको पुराना भर्सनहरूमाथि साइबर आक्रमण हुनसक्ने चेतावनी दिएको छ । अमेरिकी अधिकारीहरू र माइक्रोसफ्टले विन्डोजका पुराना भर्सनहरूमा मालवेयर भनिने खराब सफ्टवेयरको आक्रमण हुनसक्ने बताएका छन् । एनएसएले पुराना भर्सनका... बिस्तृत