वद्री र शकुन्तलाले निकाले नयाँ एल्वम ट्यान्कुटि झ्याईँ

चारदिशा ।

नेपाली लोक गायन क्षेत्रका वरिष्ट लोकगायकहरु वद्रि प‌‌गेनी र शकुन्तला थापाले नयाँ लोक एल्वम निकाले‍का छन्। लोक गीतलाई साधना वनाएका उनीहरुले विवाहमा प्रयोग गरिने लोकप्रिय ट्यानकुरी वाजाको धुनलाई  प्रयोग गरेका छन्।

एक नारायण भण्डारीको  शव्द संगीत रहेको उक्त गीतको म्यूजिक भिडियो पनि हालै सार्वजनिक गरिएको छ। नेपालको गाउँघर र कुनाकुनामा प्रयोग गरिने शव्दावलिको साथै नेपाली पन्चेवाजाको प्रयोग भएको छ।

रातो पछ्यौरीको सफलता पछि आफूहरुले संयुक्त रुपले म्यूजिकल भिडियो प्रस्तुत गरेको गायिका शकुन्तला थापाले वताइन्। हाल ईटालीमा वसोवास गरिरहेकी लोक गायिका थापाले गाउँगाउँमा घन्कने भाकालाई आफूहरुले प्रस्तुत गरेकाले श्रोताहरुको मन जित्न सफल हुने विश्वास गरेकी छिन्।

गायिका थापाले  कमसेकम एक पटक भिडियो हेरिदिन फेसवुक मार्फत अनुरोध समेत गरेकी छिन्। युट्युवमा अपलोड गरिएको उक्त भिडियो हालसम्म पचार हजार भन्दा भन्दा धेरै पटक हेरिसकिएको छ।

ट्याँइकुटि ट्याङकुटि झ्याइँ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्