रहेनन् सदाशिव अमरापुरकर

बलिउडमा महाखलनायकको रुपमा परिचित सदाशिव अमरापुरकरको ६४ वर्षको उमेरमा सोमबार निधन भएको छ।
उनकी छोरी रिमा अमरापुरकरका अनुसार सदशिवलाई स्थानीय समय अनुसार विहान पौने तीन बजे मृत घोषित गरिएको थियो। फोक्सोमा संक्रमण देखिएपछि आठ दिनअघि उनलाई मूम्बईस्थित धिरुभाइ अम्बानी अस्पतालमा भर्ना गरिएको थियो ।
अमरापुरकरले  अर्धसत्य, सडक, हुकुमत लगायत करिब २ सय बलिउड  फिल्ममा काम गरेका थिए। सन् १९९१ मा ‘सडक  फिल्मका लागि उनलाई सर्वश्रेष्ठ खलनायक फिल्म फेयर अवार्ड दिइएको थियो।