बेल्जियम र डेनमार्क बने इनास युरोप च्याम्पियन

अन्तरराष्ट्रिय नेपाली कलाकार समाज युरोपले आयोजना गरेको युरोपस्तरीय गायन तथा न्रित्य प्रतियोगितामा उत्कृष्ट गायकको उपाधी रविन दाहाल डेनमार्क र उत्कृष्ट न्रित्यको उपाधी रस्किन दाहाल बेल्जियम र निग्मा डिकी शेर्पा बेल्जियमले जितेकाछन । प्रतियोगितामा गायन तर्फ फ्रस्टरनरअप सन्तोष लामिछाने डेनमार्क र सेकेन्डरनरअप आश्रित अधिकारी बेल्जियम भएका छन भने न्रित्य तर्फ देबकी मगर जर्मनी फर्स्ट रनरअप र सेकेन्डरनरअप एन्जिला रोका नेदरल्यान्ड भएकाछन ।  इनास युरोपको सकृय युबा पुरुस्कार बेलायत निबासी बिनोद चिपालुलाई प्रदान गरिएको छ । न्रित्य तर्फ बेल्जियमका दुई सहभागीको बराबर नम्बर आए पछी दुबैलाई च्याम्पियन घोषित गरिएको थियो । उत्कृष्ट शाखाको पुरुस्कार इनास जर्मनीले पाएको छ ।

 

युरोपका एघार देशबाट न्रित्यमा पन्ध्र जना र गायनमा एघार प्रतियोगीले भाग लिएका थिए । आधुनिक र लोक गीत गरी दुई बिधामा प्रत्यैक सहभागीलाई आफ्नो न्रिय र गायनको कला प्रस्तुत गर्न लगाइएको थियो । इनासका देशीय शाखाहरुमा प्रशिक्षण लिएका र स्वअभ्यास गरेका प्रतिस्पर्धीहरुको प्रस्तुती अति उत्क्रिस्ट थियो । सहभागीहरुको प्रस्तुतिको महामहिम राजदुत, एनआरएन पदाधिकारीहरु, सामाजिक अगुवा लगात आम दर्शकहरुले प्रसंसा गरेका थिए । न्र्त्य तर्फ बरिष्ठ न्रित्य निर्देशक चरण प्रधान, शन्तकुमार थापा र श्रीमती सहजाद् हाउस्म्यन र गायन तर्फको गायीका सर्मिला बर्देवा, शान्तकुमार राई र बिष्णु छेत्री निर्णायक थिए ।

 

इनास सम्बद्ध कलाकारहरुले प्रस्तुत गरेको नारी जातीलाई समाजले गर्ने बिभेद र त्यसको पिडालाई समेटेर तयारी गिती नाटक,  नेपाली ढाकाको फेशन शो लगायत इनास न्रित्य त गायन प्रतियोगिताका पूर्व बिजयीहरुको आकर्शक प्रस्तुतिहरुले दर्शकको वहाँवाही पाएका थिए । अनीता तन्दुकारले मेकअप र आरती प्रधानले ड्रेस डिजाइन गर्नुभएको थियो ।

कार्यक्रमलाई सहयोग एबम पुरुस्कार प्रायोजन गर्ने बिभिन्न महानुभाब र संघ संस्थालाई सम्मान गरिएको कार्यक्रमको प्रमुख अतिथी बेनेलक्सका लागि नेपाली राजदुत महामहिम लोक बहादुर थापा बिशिष्ठ अतिथी हरुमा एनआरएन केन्द्रिय सचिब जानकी गुरुङ , उपाधक्ष
सपिला राजभन्डारी , एनआरएनए युरोप सन्योजक शिव बरुवाल, आईसीसी सद्स्य पदम गुरुङ , अन्तररास्ट्रीय नेपाली कलाकार समाज इनासका ग्लोबल अध्यक्ष पुष्प बरुवाल , युरोप सन्योजक अर्जुन काफ्ले, एनआरएनए बेल्जियम अध्यक्ष लोक दाहाल , नेदरल्यान्डका अध्यक्ष मनोहरी शर्मा, जर्मनी अध्यक्ष बिजय मोक्तान लगायत बिभिन्न नेपाली एबम बेल्जियन संघ संस्थाका प्रतिनिधीहरु हुनुहुन्थ्यो ।

अघिल्लो दिन भएको संस्थाको युरोपियन मीटीङमा बिभिन्न देशका शाखाहरुले आफुले बर्ष भरी गरेका नेपाली कला र सन्स्कृतिको प्रबर्धन सम्बन्धी कामको प्रगती विवरण र भाबी कार्य योजना प्रस्तुत गरेका थिए । सोही दिन सान्स्कृतिक कार्यक्रम र प्रतिपर्धिहरुलाई चिठ्ठा गरी रोल्क्रम नम्बर प्रदान गरिएको थियो । कार्यक्रमको सभापतित्व इनास बेल्जियमका अध्यक्ष श्याम श्रेष्ठले गर्नु भएको थियो भने महासचिब बिनिता रिमाल कडेल , अर्जुन शाही ( लाहुरे कान्छो ) र ज्योति भट्टले सन्चालन गर्नु भएको थियो ।

न्रित्य तथा गायन प्रतियोगितiको सन्चालन सोफी महर्जन कार्की र देवश्री कोइराला, स्वागत मन्तब्य रबिन्द्र खड्का र सभापतित्व इनास युरोप सन्योजक अर्जुन कफ्लेले गर्नु भएको थियो ।