बलिउड नायिका इशा गुप्तालाई होटल मालिकले आँखाले बलात्कार गरेपछि…

एजेन्सी – बलिउड नायिका ईशा गुप्ताले होटल मालिकलाई आफूलाई आँखाले बलात्कार गरेको आरोप लगाएकी छिन् । शुक्रबार उनको नयाँ फिल्म ‘वन डेः जस्टिस डिलीवर्ड’ को रिलीजको दिन साथीसँग होटल गएकी ईशाले ट्विट गर्दै यस्तो आरोप लगाएकी हुन् । शनिवार ईशाले होटल मालिक रोहित विजले उनीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै ट्विट गरेकी थिइन् ।

उनले लेखेकी छिन्, ‘यदि देशमा म जस्तो महिलाले त असुरक्षित महसुस गरिरहेकी छु भने अरु महिलाहरुको हालत कस्तो होला ? यहाँ सम्म कि मसँग दुईजना सेक्युरिटी गार्ड थिए तर मैले यस्तो महसुस गरे कि उसले आँखाले नै मलाई बलात्कार गरिरहेको छ ।’

Esha Gupta

@eshagupta2811
If a woman like me can feel violated and unsafe in the county, then idk what girls around feel. Even with two securities around I felt getting raped.. #RohitVig you’re a swine.. he deserves to rot

419
4:11 AM – Jul 6, 2019
Twitter Ads info and privacy
161 people are talking about this
उनले यस्ता व्यक्तिहरुलाई संस्कार सिकाउन आवश्यकता भएको भन्दै अगाडि लेखेकी छिन्, ‘रोहिज विज जस्ता मानिसहरुका कारण नै महिलाहरु आफूलाई कहिल्यै सुरक्षित महसुस गर्न सक्दैनन् । तिमी आफ्ना आँखासँगै मेरो नजिक थियौँ र तिमीले मलाई घुर्नु नै काफी थियो ।’ उनले लेखेकी छिन्, ‘केहि मानिसहरु एकदमै असभ्य हुन्छन्, लाग्छ उनीहरुलाई थाहा नै छैन अपरिचित मानिसहरुसँग कसरी व्यवहार गर्ने भनेर ।’

PREVIOUS