फन्कोले प्रवासी नेपालीहरुको मन जित्यो

चारदिशा सम्वाददाता।

गैर आवासीय नेपालीहरुले निर्माण गरेको नेपाली कथानक चलचित्र फन्को ईटालीको रोममा प्रदर्शन गरिएको छ। अन्तराष्ट्रिय नेपाली कलाकार संघ ( अनेकस )को संयोजनमा आइतवार प्रदर्शन गरिएको चलचित्र हेर्न उल्लेख्य मात्रामा नेपालीहरु उपस्थित भएका थिए।

12362857_411201075755735_1032777594926275021_o

नेपाली परिवेशको कथा रहेको फन्कोमा हाँस्य, संवेदना र ईमान्दारितका कथा रहेको छ। चलचित्रको प्रमुख भुमिकामा सौगात मल्ल, प्रियंका कार्की, केकी अधिकारी अनुप वराल दयाहाङ राई रहेका छन्। कथालाई सुवर्ण थापाले निर्देशन गरेका छन् भने सहदेव गौतम तथा पदम गुरुङले निर्माण गरेका हुन्।

चलचित्र हेरेका युवाहरुले नेपाली परिवेशमा निर्माण गरिएको  फन्कोले कथावस्तु र पात्रहरुको अभिनयले फैरी एकपटक चलचित्र   हेर्न इच्छा रहेको वताए।

विदेशवाट प्रदर्शन गरिएको फन्को वेल्जियम पोर्चुगत र इटालीमा सफलताका साथ प्रदर्शन भैसकेको छ भने अन्य यूरोपियन देशहरुमा पनि प्रदर्शन हुने तयारीमा रहेको छ।

माघे सङ्क्रान्तिको दिनदेखि नेपालमा प्रदशर्न गर्न लागिएको उक्त चलचित्रलाई अवश्य पनि नेपालीहरुले मन पराउने र उक पटक हेर्नैपर्ने चलचित्र रहेको दर्शकहरुले वताएका छन्।

12377717_411201952422314_3157534787217473573_o

12375112_411200735755769_753995792028873487_o 12376049_988679354511484_3780328931210193612_n 12377717_411201952422314_3157534787217473573_o