पन्ध्र बर्षपछि सार्वजनिक भयो उज्वलको गीत

चारदिशा, बेल्जियम,
पन्ध्र बर्ष अघि छायाँकन सुरु गरिएको नेपाली चलचित्र यातनाको गीत युट्युबबाट गत साता रिलिज भएको छ । नायक तथा निर्देशक उज्वल केसीद्वारा छायांकन अधुरो रहेको चलचित्रको ”आँखा आँखा चार हुँदा” भन्ने गीत रिलिज गरिएको हो ।

पन्ध्र बर्ष अगाडिनै प्रदर्शनमा ल्याउन लागिएको चलचित्र नायिका श्रीशा कार्कीले आत्महत्या गरेपछि छायाँकननै रोकिएको थियो । निर्देशक केसीका अनुसार बाँकी रहेको छायाँकन पुरा भएपछि चलचित्र पनि छित्तै रिलिज गरिनेछ । चलचित्रमा अभिनय गरेका छजना कलाकारहरुको म्रित्त्यु भैसकेको छ ।

चलचित्रकी नायिका श्रीषा कार्कीले आत्महत्याको कारणले चलचित्र छायांकन गर्न बाँकिरहेको थियो । संयोगवस उक्त चलचित्रकै अर्का कलाकार इना हमालले पनि आत्महत्या गरेकि थिईन् । हालसम्म यस फिल्मका चरित्र अभिनेत्री शान्ति मास्के,गायक कुमार कान्छा,सम्पादक बिरेन्द्र कार्की र छायाँकार राजु मानन्धरको निधन भैसकेकोछ ।

कलाकारहरु उज्ज्वल के.सी.,श्रीषा कार्की, बिनोद खरेल,बिना बुढाथोकी,शान्ति मास्के,दिपक क्षेत्री,मोहन मिश्र,अरुण रेग्मी,जुहार पाण्डे,शहदेव बानियाँ,इना हमाल,प्रकाश राज मानन्धर,बसन्त तिमल्सिना आदि रहेको चलचित्र ”यातना’ मा मोहन शाह,सिद्धार्थ शाक्य, राजु मानन्धर,प्रकाश श्रेष्ठको छायांकन रहेको थियो भने रोशन श्रेष्ठ,उदय सिंह बोहराको द्वन्द,न्ह्यू बज्राचार्य र मिलन मोक्तानको संगीत दिनेश पाख्रिन, प्रदिप रमण सिंहको नृत्य बि.बि.थापा र उज्ज्वल के.सी.को गीत कुमार कान्छा, सुमन शेखर मानन्धर र एन्जिला श्रेष्ठको स्वर र मन्दील श्रेष्ठले संम्पादन गरेका छन् ।