धेरै कमाउने सूचीको पहिलो नम्बरमा टेलर स्विफ्ट

एजेन्सी – पप गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटी बनेकी छिन् । फेर्ब्सले बर्सेनि जारी गर्ने ‘टप अर्निङ स्लेब’मा उनले अभिनेता तथा खेलाडीलाई पछि पार्दै शीर्ष स्थानमा पुगेकी हुन् ।

२९ वर्षे गायिका १८५ मिलियन डलरसहित सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको शीर्ष स्थानमा परेकी हुन् । उनी सन् २०१६ मा पनि यो सूचीको शीर्ष स्थानमा थिइन् ।

टेलरपछि ब्युटी ब्रान्डकी मालिक काइली जेनर १७० मिलियन डलरसहित दोस्रो स्थानमा छिन् । तेस्रो स्थानमा कान्ये वेस्ट, चौथोमा लियोनल मेस्सी र पाँचौंमा इद सेरिन रहेका छन् ।

टेलरले सन् २०१८ मा रेप्युटेशन स्टेडियम टुरपश्चात् आर्जन गरेको सम्पत्तिले उनलाई शीर्ष स्थानमा पुर्‍याएको बताइन्छ । उक्त टुरलाई फोर्ब्सले अमेरिकाको इतिहासमा सबैभन्दा धेरै कमाई गर्ने भ्रमणको संज्ञा दिएको छ ।

दोस्रो स्थानमा पर्न सफल काइली जेनर पहिलेदेखि नै सबैभन्दा कम उमेरमा आफ्नै बलबुँतामा बिलेयनियर बन्न सफल व्यक्तिको सूचीमा छिन् ।