‘जात्रै जात्रा’ले मनायो गौरवमय ५१ दिन

काठमाडौं – शनिबार फिल्म ‘जात्रै जात्रा’ले प्रदर्शनको गौरवमय ५१ दिन पूरा गरेको छ ।

निर्देशक प्रदिप भट्टराईले राजधानीका ७ वटा हलमा फिल्मले गौरवमय ५१ दिन मनाएको जानकारी दिए । राजधानी बाहिरका केही हलमा पनि फिल्मले प्रदर्शनको ५१ दिन मनाएको छ ।

गत जेठ ३ गतेबाट प्रदर्शनमा आएको फिल्ममा विपिन कार्की, दयाहाङ राई, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे लगायतको अभिनय छ । फिल्ममा सिंगे लामा र यज्ञश्वर पौडेलको लगानि छ । त्यस्तै कलाकार रविन्द्र सिंह बानियाँ फिल्मका कार्यकारी निर्माता हुन् ।

यो संगै निर्देशक प्रदिपले ५१ दिन मनाउने फिल्ममा ह्याट्रिक गर्न सफल भएका छन् । प्रदिपले यसअघि निर्देशन गरेका दुई फिल्म ‘जात्रा’ र ‘शत्रु गते’ले गौरवमय ५१ दिन मनाएका थिए ।