गायक धितालको “देखे तिमीलाई” म्युजिक भिडियो

प्रकाश अर्याल  , स्कटल्याण्ड, युके,

सुमुधुर स्वरका युवा गायक नारायण धितालको  गीत “देखे तिमीलाई” को  हालै सार्बजनिक म्युजिक लोकप्रिय बन्दै  गएको छ।  गायक नारायण धितालकै संगीत र  शब्द रहेको  उक्त  गीत स्कटल्याण्डको रमणनिय स्थानमा छायांकन  गरिएको छ।

हाल बेल्जियम रहेका गायक धितालले करिब  पन्ध्र वर्ष  अघि अहिलेका चर्चित कलाकार हरु अन्जु पन्त, शिव परियार, रामचन्द्र काफ्ले, हरि लम्सालहरु संगै चार वर्ष  गन्धर्ब संगीत पाठसलामi  गायन र संगीत अध्ययन गरेका थिए। गायक धितालले २०६० र २०६७ सालमा गरि दुइटा आधुनिक गीतको एल्बम निकालेका थिए।
प्रेमलाप  कथामा बनाइएको उक्त   म्युजिक भिडियोमा अन्जना घले र सुबास सापकोटाले     अभिनय गरेका छन् भने निर्देशन दिपेश रेग्मीले गरेका छन्।  निर्देशक रेग्मी ले यस अघि   गायकहरु रामकृष्ण ढकाल,  नबिन के भट्टराई, सत्यराज आचार्यका चर्चित गीतहरुको म्युजिक भिडियो निर्दशन गरिसकेका छन् भने सट  मुभिहरुको समेत बनाएका छन्।

म्युजिक नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको म्युजिक भिडियो   https://www.youtube.com/watch?v=KraXu0eTWZ0 मा  हेर्न सकिन्छ।