आवाज भित्रको आवाज

कसैको खस्रो आवाज,कसैको मसिनो आवाज,कसैको धोद्रो आवाज, कसैको छिपछिपेआवाज, कसैको चोटिलो आवाज आदि । आवाज बोकेर हिंड्नेहरुको आवाजले आज आवाजसुन्नेहरुबाटै चोटिलो जवाफ खाएको छ । खैत त्यो आवाजको दम ? त्यो आवाजको भरपरेर हामीले के सिक्यौँ त आवाज दिनेहरुबाट ?

हो, सिक्नु पर्ने आवाजलाई सिकाउने आवाजले समाज दिशा-निर्देशको नजीरमागेको छ अहिले । आवाज दिनेहरुको भर्खरै बसालेको नजीरले त डायस्पोरिकसमाजमा त झन उपद्रो मच्चिने पो देखियो त ! सानो खुद्रा समूहको जति पनिअनुविधि देखिएन, यो आवाज बेच्ने र बिचारको व्यापार गर्ने जमातभित्र ।

सबैकासबै ठेक्दारी अहमताले इमान्दारिताको अनिकाल परेकाहरु ! स्वभाव हेर्दालाग्थ्यो केही भर्खरै मृग मार्न जंगल पसेका शिकारी जस्ता, बिभिन्न रङहरुदलेर उग्र आवेगमा शिकार क्षेत्र कब्जा गर्न उत्रेजस्ता । धुन्दकारीले झैँउनीहरुका उग्र आवेगमा सहमतिको सही धस्काइदिनु पर्ने रे ! अचम्म मान्नुबाहेकअमुक विधाताको पनि अर्को मनोदशा के हुन्थ्यो होला र त्यो संग्राममा ? एउटाकुनामा मसिनो स्वर सुनिदै थियो -’खै त, चेतना र अनुविधिको भारीले थिचिएरपसिना बगाउने आवाजहरुको प्रतिनीधि बिम्ब ? अघिल्लो धुन्द आवाजले पछिल्लोनिम्छरो आवाजलाई ठेल्ने नै हो त ?’

गोबर्धनहरु पनि आवाज भित्रको अर्को आवाजका प्रतिनिधि हुन है भन्ने को होत अब ? धुन्द आवाजलाई अर्को आवजले अलिकति उजेलाउन खोज्दा बिचार दिन रप्रभावित गर्न नसक्ने सम्झेछन् केही आवज बोक्नेहरुका मशिहाहरुले । अब तभन्न छाडे हुने नि, -म मा आवाजले स्वर फेरेको छू भनेर । ‘मेरो आवाजकोफेरोले तिमीहरुलाई फन्को मार्न पुग्दैन’ भनेर । हिजो आवाज भित्रको आवाजबनेर सुस्तरी शुष्कहरुलाई धाप मार्ने बिधाता धुन्द वंशको कसरी पाले बस्नसके होलान् !

 

आवाज भित्रै निसास्सिँदै अर्को आवाज निस्केको छ अहिले । योजमात भित्रैबाटै निस्केको आवाज हो । प्रत्यक यज्ञ स्थलका भित्ताहरुमा कानराखेर सुन्दा हुन्छ, स्वर मसिनो छ, ध्यान दिएर सुन्दा सुनिन्छ । त्यो आवाजमैले सुनिन भन्दा पनि हुने, सुनेभन्दा पनि हुने, बुझेँ भन्दा पनि हुने, बुझिन भन्दा पनि हुने अनौठो तर पवित्र छ । अख्तियारीको अर्को तर्फ पनिरुन्चे स्वरले मेलाको बन्दोबस्तमा निख्खर प्रश्न उठाएको छ ।

‘कठै, न तमेलामा धुन छ, न त आवाज दिँदा दिँदै चिसिएकाहरुको सम्झना ! आवाजहरुमा न तकुनै दम छ,न त कुनै उत्साह, आवेग त झन हुने कुरै भ​एन । ‘कुरा सुनिए -अलिकबढी भरोसा योग्य आवाजहरुको प्रतिनिधित्व हुन्थ्यो होला । सबै गले, रुझे, एकले अर्कोलाई बिश्वासै गरेनन् । गोबर्धनको लाइनमा बस्दा सानो भइने -धुन्दहरुको आवाजले सातो जाने ।

हाय राम ! यी आवाज दिनेहरु!आवाज भित्रको आवाज सुन्न नसक्नेहरु!सबैको आवाजको प्रतिनिधित्व गर्ने हौ भन्नेहरु ! समाजभित्रका अबयबहरुमा नजीरबसाल्नेहरु !! सत्संगको सल्लाह दिएर सिंगो धर्तीमा उज्यालो ल्याउछौँ भन्नेमहाँयोगीहरु !! के सिकायौँ त तिम्रा आवाज सुन्नेहरुलाई ? धुन्द चरित्र रमहाँ उग्र प्रचन्ड प्रतापी महाराज उग्रशेनको महा भारतको कथा ! बिभत्स्वबिध्वंसकारी महा प्रलयको निम्ता दिने समुन्द्र मन्थनबाट निस्केको हलाहलकोबर्णन र अब्यबस्थै अब्यबस्थाले थेगिनसक्नु कृष्णका सन्तान यदुबंशीहरुकोरोगी राज्य संरचना ?