आईफा अवार्ड रोक्न संसदीय समितिको सरकारलाई निर्देशन

काठमाडौं – संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिति बैठकले उक्त निर्देशिन दिएको हो । उक्त अवार्ड समारोह नेपालमा गर्नु स्वाधिनता, स्वतन्त्रता र अस्मितामा आँच पु¥याउने भएको भएकाले रोक्न निर्देशन दिईएको समिति सभापति पवित्रा निरौलाले जानकारी दिईन् ।

काठमाडौंमा आयोजना हुने भनिएको बलिउडको इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आईफा) कार्यक्रमले नेपाल र नेपालीको स्वाधिनता, स्वतन्त्रता र अस्मितामा आँच पु¥याउने समितिको ठहर गरेको छ ।

गत बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त अवार्ड गर्न स्वीकृति प्रदान गरिएको जनाएका थिए । उक्त कार्यक्रमको काठमाडौं महानगरपालिका सहआयोजक र पर्यटन बोर्डलाई संयोजकको रुपमा तोकिएको थियो । अवार्ड अगष्ट अन्तिम साता आयोजना हुने भनिएको थियो।

अवार्ड समारोह आयोजना गर्नका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । समितिले अवार्डका लागि सम्झौता, सहजीकरण, समन्वय गर्ने र कार्यक्रम नेपाल आर्मीको मुख्यालय अगाडि रहेको मैदानमा गर्ने तय भएको थियो।

अवार्डमा आउने कलाकार, निर्देशक र, अन्य निम्तालुका लागि बस्ने व्यवस्था पर्यटन बोर्ड र महानगरले गर्ने बताइएको थियो। बोर्ड र महानगरले त्यसको तयारी थालेका थिए ।

उक्त कार्यक्रमको पक्ष र विपक्षमा टिकाटिप्पणी सुरु भएको थियो । अधिकांशले कार्यक्रम नेपालमा गर्नु राम्रो भएपनि सरकारले खर्च गर्न नहुने तर्क अघि सारेका थिए । तर सरकारका प्रवक्ता बाँस्कोटाले भने आयोजना गर्न अनुमति मात्र दिईएको तर सरकारले खर्च नदिने बताउँदै आएका थिए