Monthly Archives: १५ भाद्र २०७३, बुधबार १४:४२

गाउँ–गाउँमा स्थानीय सरकार बनाउनुपर्छ : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ–गाउँमा स्थानीय सरकार बनाउनुपर्ने धारणा राखेका छन् । संघीयता भनेकै जनताले स्थानीय तहबाटै शासन गर्ने व्यवस्था भएको भन्दै उनले स्थानीय सरकार धेरै बनाउनुपर्ने धारणा राखे । तीजको अवसरमा बुधबार आफ्नै निवासमा कांग्रेसका महिला केन्द्रीय सदस्य तथा महिला संसादहरुका लागि शुभकामना कार्यक्रम... बिस्तृत

गैससको आवरणमा ठगी गर्ने पक्राउ

काठमाडौं । गैरसरकारी संस्थाको आवरणमा ठगी गर्ने दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । विसं २०७० मा शान्ति, समृद्धि र समानताको नारा लिई स्थापना भएको बुद्धिष्ट जनाधिकार मञ्च, नेपाल नामको गैरसरकारी संस्थाका अध्यक्ष बूढानिलकण्ठ नगरपालिकका सकुन शेरचन्द र सो संस्थाका महासचिव अमरकान्त चौधरीलाई पक्राउ गरिएको हो... बिस्तृत

स्थानीय निकायको चुनाव हुन नसक्ने : कमल थापा

राजविराज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पूर्व सरकारले मङ्सिरमा स्थानीय निकायको चुनाव घोषणा गरेको तर वर्तमान सरकारले चैतमा स्थानीय निकायको निर्वाचन हुन्छ भनेर अन्योलमा पारेको आरोप लगाउनुभयो । उहाँले आउँदो चैतमा समेत... बिस्तृत

नेपालको मदरसामा ‘आइएस’को लगानी ?

सुनसरी । सुनसरीको भोक्राहास्थित जामिया इस्लामिया नामको मदरसामा आतंककारी समूह इस्लामिक स्टेट (आइएस) र पाकिस्तानी एजेन्टहरुको लगानी रहेको जिल्लाका मुस्लिम अगुवाहरुले आरोप लगाएका छन् । भोक्राहा–९ का मुस्लिम अगुवाहरुले बुधबार आइएस र पाकिस्तानी एजेन्टविरुद्ध नाराबाजी गर्दै उक्त मदरसाअगाडि प्रदर्शन गरेका छन् । उनीहरुले सो संस्थाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत... बिस्तृत

भारतको सिमलामा ६ नेपालीको मृत्यु

रोल्पा । भारतमा एक हप्ता अगाडि आएको बाढीमा ६ नेपालीको मृत्यु भएको छ । भारतको सिमलामा आएको बाढीका कारण एकै घरपरिवारकाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा रोल्पाको पश्चिम क्षेत्रमा पर्ने तालाबाङ–४ रिजाबाङका लक्षीराम पुनमगर, उहाँकी श्रीमती देउकली पुनमगर, ११ वर्षका छोरा परसु पुनमगर, ६ वर्षका छोरा सुरज पुनमगर,... बिस्तृत

नाजायज मागमा संविधान संशोधन हुँदैन : सचिव ज्ञवाली

भक्तपुर । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले मधेसवादी मोर्चाको जायज मागका बारेमा संविधान संशोधन भइसकेकाले अब संविधान संशोधन गर्न आवश्यक नरहेको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले जायज माग बाहेक केही नेताहरुको स्वार्थ पूरा गर्न संविधान संशोधनका लागि एमाले कदापि तयार... बिस्तृत

सरकार : कि लास चाहियो, कि सास चाहियो

काठमाडौं ।  “यत्रो वर्ष भयो, कुनै अत्तोपत्तो छैन, न लास छ, न सास छ” – बेपत्ता परिवारका शर्मिला त्रिपाठीले यहाँ आयोजित एक कार्यक्रममा दुःख पोख्नुभयो । उहाँका पति ज्ञानेन्द्र त्रिपाठी बेपत्ता भएको अहिलेसम्म जीवत वा मृत फेला पर्न सकेका छैनन् । “न पार्टी न राज्य कसैले हेरेको छ, मान्छे... बिस्तृत

सयदिने कार्ययोजना पेस गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले एक हप्ताभित्र कार्यतालिकासहितको सयदिने कार्ययोजना पेस गर्न मन्त्रालय मातहतका महाशाखाका प्रमुखलाई निर्देशन दिनुभएको छ । आज स्वास्थ्य सेवा विभाग टेकुमा विभिन्न महाशाखाका प्रमुखसँग भेट गरी उहाँले छोटो समयमा स्वास्थ्य क्षेत्रमा उपलब्धिमूलक काम गर्नुपर्ने भएकाले कार्ययोजना पेस गर्न निर्देशन दिनुभएको हो । विभागका महानिर्देशक डा... बिस्तृत