Monthly Archives: July 2016

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका ओलीलाई राष्ट्रिय सहमतिको सरकार गठन गर्न र त्यसका लागि सहयोग गर्न आग्रह... बिस्तृत

समर्थकका साथमा डा केसी सडकमा

काठमाडौं । स्वास्थ्य र शिक्षाका बेथितिविरुद्ध आठौँ पटक अनशनमा बस्नुभएका डा गोविन्द केसी आज आफ्ना समर्थकका साथमा प्रदर्शन गदै सडकमा उत्रिनुभएको छ । स्थानीय माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका डा केसीका समर्थकले स्थास्थ्य र शिक्षाका बेथिति निम्त्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग(अदुअआ) का प्रमुख आयुक्त सक्रिय रहेको भन्दै उहाँविरुद्ध... बिस्तृत

महाधिवेशनमा बदल्न नेविसङ्घका नेताको माग

काठमाडौं । सात पटक मिति घोषणा गरेर स्थगित नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन तोकिएको मितिमै सम्पन्न गराउन अध्यक्षका उम्मेदवारहरुले माग गर्नुभएको छ । यहाँ आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सात जना अध्यक्षका उम्मेदवारले यही साउन २३ देखि २५ मै महाधिवेशन गरिनुपर्नेमा जोड दिनुभयो । विसं... बिस्तृत

संविधान कार्यान्वयन सबै दल मिलेर : नेता कोइराला

नेपालगन्ज । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले संविधान कार्यान्वयनको चुनौतीलाई सबै दल मिलेर पूरा गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ द्वारा आज कोहलपुरमा आयोजित ‘बिपी हिजो र आजको सन्दर्भ’ विचारगोष्ठीलाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुकको लोकतन्त्रको सुदृढीकरण, राष्ट्रियताको जगेर्नामा बिपीवाद अहिले पनि त्यतिकै सान्दर्भिक रहेको... बिस्तृत

राष्ट्रपति भण्डारी प्रसादग्रहण गर्नुहुँदै

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन पछि मीननाथको दर्शनका क्रममा फूलप्रसाद ग्रहण गर्नुहुँदै । बिस्तृत

बाँध निर्माण रोक्न क्रान्तिकारी माओवादीको माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले सप्तरीको तिलाठीलगायत देशका अन्य सबै स्थानमा भारतद्वारा जबर्जस्ती बनाइरहेका बाँध निर्माण प्रक्रिया अविलम्ब रोक्न सरकारसँग माग गरेको छ । माओवादी अध्यक्ष मोहन वैद्यले आज एक विज्ञप्ति जारी गर्दै यसप्रकारको खुला अतिक्रमण हुँदा पनि सरकार चुप लागेर बस्नु दुःखद भएको बताउनुभएको छ । विज्ञप्तिमा... बिस्तृत

निर्वाचित राष्ट्रपतिको अभियान चालिने

धनगढी । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले आआफ्नो नेतृत्वमा चुनाव गराउने मनशाय राखेर सरकार परिवर्तनको खेल भएको टिप्पणी गर्नुभएको छ । नयाँ शक्तिको आज यहाँ आयोजित ७ नं प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै डा भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको व्यवस्था नभएसम्म देशमा राजनीतिक स्थिरता कायम हुन नसक्ने... बिस्तृत

मधेसी मोर्चा सरकारमा सहभागी हुँदैन

काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी समुदायका माग पूरा नभएसम्म मधेसी मोर्चा सरकारमा सहभागी नहुने बताउनुभएको छ । रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा अध्यक्ष महतोले भन्नुभयो, “अहिले मधेसी मोर्चा सरकारमासहभागी हुने सम्भावना छैन, संविधान संशोधन गर्ने र मधेसी समुदायको माग पूरा गर्ने सहमति भएको खण्डमा बाहिरबाटै... बिस्तृत

पाँच किलो यार्सासहित तीन जना नियन्त्रणमा

डोल्पा । त्रिपुराकोट गाविस–२ स्थित त्रिपुरा प्रहरी चौकीले पाँच किलो यार्सासहित तीन जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । अपराह्न ४ यार्सासहित जुम्ला देपालगाउँ गाविस–८ का केसीबहादुर भण्डारी, प्रकाश शाही र जुम्ला बुढीचौर गाविसका लालबहादुर बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी सहायक निरीक्षक चक्रबहादुर रानाले जानकारी दिनुभयो । उनीहरुसँग यार्सा... बिस्तृत