Monthly Archives: १ कार्तिक २०७१, शनिबार ०२:३१

महिलाको वक्षस्थलको कारण दिनमा ५०० दुर्घटना

महिला मोडेलहरुलाई उत्तेजक पोजमा प्रस्तुत गरिएका विज्ञापनका होर्डिङ बोर्डहरुका कारण सवारी दुर्घटना बढेको ठहर सहित काठमाण्डौ सहरमा त्यस्ता उत्तेजक होर्डिङ बोर्ड राख्न निषेध नै गरिएको छ । उत्तेजक होर्डिङ बोर्डहरुमा पुरुष चालकका आखा पर्ने र उनीहरुले चलाइरहेको गाडी अनियन्त्रित भै दुर्घटना हुने ठहर प्रहरीले गर्ने गरेको छ । यस्तो... बिस्तृत

‘नेपाली समय’ भन्दै नेताले देशकै बदनाम गरे : नारायणकाजी

नेताहरुको विलासी एवं तडक-भडकपूर्ण जीवनशैलीविरुद्ध अभियान सुरु गर्दै सार्वजनिक गाडी चढ्न थालेका एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अब समयको ख्याल नगर्ने नेताविरुद्ध आन्दोलनमा उत्रने भएका छन् । प्रमुख दलका नेताहरु अधिकांश बैठकमा तोकिएको समयमा उपस्थित हुन छाडेपछि श्रेष्ठले यो अभियान थालेका हुन् । आफू सार्वजनिक यातायात चढेर पनि तोकिएको समयमै... बिस्तृत

हेलिकप्टर अभावले उद्धारमा कठिनाई

सरकारले उद्वार टोलीलाई थप हेलिकप्टर उपलब्ध नगराउँदा अन्नपूर्ण पदमार्गको मनाङ क्षेत्रमा भारी हिमपातले फसेका पर्यटकहरुको उद्वार हुन सकेको छैन । मनाङको चियापसल(टी सप), हाईक्याम्प र याकखर्कमा केही पदयात्रुहरु अलपत्र परेको जानकारी आएपनि उद्वार गर्न नसकिएको सुरक्षा निकायले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले हिमपातमा फसेका पर्यटकहरुले... बिस्तृत

तीन दलबीच अझै पनि कुरा मिलेन

नयाँ संविधानमा रहने प्रमुख चार विषयको टुङ्गो लगाउन बसेको प्रमुख तीन दलको बैठकमा आज पनि सहमति जुटेन । नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी)का शीर्ष नेताहरु सम्मिलित तीन दलको बैठकले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा सहमति जुटाउन नसकेको हो । ती विषयमा सहमति... बिस्तृत

जनविद्रोहको नेतृत्व गर्ने प्रचन्डको धम्की

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस-एमाले विगतको सम्झौताविरुद्ध गए अर्को शान्तिपूर्ण जनविद्रोहको नेतृत्व गर्न आफू तयार रहेको घोषणा गरेका छन् । २२ दलीय गठवन्धनले शुक्रबार खुलामञ्चमा गरेको प्रचण्डले आफूले फेरि युद्ध गर्ने नभनेको र बन्दुक उठाउन अपील पनि नगरेको बताए । उनले भने- ‘तर, यदि विगतका सन्धि सम्झौताविरुद्ध तथाकथित... बिस्तृत

व्रसेल्समा कर्मचारी कटौति गरिने

चारदिशा सम्वाददाता। व्रसेल्सको नवनिर्वाचित सरकारले तीन सय कर्मचारी कटौति गर्ने निर्णय गरेको छ। साधारण खर्च कटौति गर्ने योजना वमोजिम आगामी पाँच वर्षसम्म व्रसेल्सका सरकारी कार्यालयहरुमा कुनै पनि कर्मचारीहरु थपिने छैनन्। यस निर्णयले सरकारलाई  एक करोड साठी लाख यूरो वचत गराउनेछ। आजको संसदमा वोल्दै सामान्य प्रशासन मन्त्री आन्द्रे फ्लाओले प्रसाशनलाई... बिस्तृत

मुस्ताङ हिमपात : थप नौ जनाको शव भेटियो, ६९ जनाको उद्धार

हिमपातमा परी मुस्ताङमा हराइरहेका पर्यटकमध्ये थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ। बिहीबार बिहान पाँच र दिउँसो चार जनाको शव फेला परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले बताए। ‘पाँच शव सेनाको हेलिकप्टरबाट मुक्तिनाथ ल्याइसकेका छौं,’ उनले भने, ‘थप चारको शव ल्याउने तयारी भइरहेको छ।’ बुधबार भेटिएका पाँच... बिस्तृत

धरौटी रकम जम्मा गर्न नसकेपछि सिके राउत जेल चलान

राज्य विप्लपको मुद्दा खेपीरहेका सिके राउतलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि माग गरे बमोजिमको धरौटी रकम जम्मा गर्न नसकेपछि जेल चलान भएका छन्। विशेष अदालतले मंगलबार राउतलाई ५० हजार रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको थियो। विशेष अदालत स्रोतले दिएको जानकारी अनुसार राज्य विप्लबको आरोपमा मुद्दा खेपीरहेको... बिस्तृत

वेल्जियमका महिलाहरुले गरे वाढिपिडितलाई सहयोग

चारदिशा संवाददाता। वेल्जियमवासी नेपाली महिलाहरुले नेपालका वाढिपिडितहरुको सहयोगार्थ साङ्गितिक कार्यक्रम सम्पन्न गरेका छन्।वरिष्ठ पप गायक ओम विक्रम विष्टले आइतवार एन्टरपेनमा आयोजना गरिएको कार्यक्रममा हृदयस्पर्शी गितहरु प्रस्तुत गरेका थिए। आइतवार साँझको कार्यक्रममा विष्टका साथै स्थानीय कलाकारहरुले पनि नृत्य प्रदर्शन गर्नुको साथै गीतहरु गाएर भरपुर मनोरन्जन प्रदान गरे। कार्यक्रममा एनआरएनए लगायत... बिस्तृत