एघार महिनामा देशको व्यापार घाटा १२ खर्ब

काठमाडौं – देशको व्यापार घाटा चालु आर्थिक वर्षको ११ महिनामा १२ खर्व ११ अर्ब ९६ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

यो गत वर्षको सोही अवधिको तुलनामा १७.४० प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा व्यापार घाटा १० खर्व ३२ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो।

पछिल्लो समयमा देशको निर्यात १८.१८ प्रतिशतले बढेर ८७ अर्ब ८३ करोड ४९ करोड पुगेको छ गत वर्षको सोही अवधिमा ७४ अर्ब ३२ करोड २ लाख रुपैयाँ रहेको थियो।

निर्यातसँगै देशमा आयातमा पनि १७.४५ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको एघार महिनामा आयात १२ खर्व ९९ अर्ब ८० करोड रहेको छ भने गत वर्ष ११ खर्ब ६ अर्ब ६४ करोड रहेको भन्सार विभागले जनाएको छ।

विभागका अनुसार आयात निर्यात अनुपात १४.८ प्रतिशत रहेको छ गत वर्ष यो अनुपात १४.९ प्रतिशत रहेको थियो। यो अनुपात गत वर्षको तुलनामा ०.६१ अंकले घटेको छ।