निर्वाचित राष्ट्रपतिको अभियान चालिने
धनगढी । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले आआफ्नो नेतृत्वमा चुनाव गराउने मनशाय राखेर सरकार परिवर्तनको खेल भएको टिप्पणी गर्नुभएको छ । नयाँ शक्तिको आज यहाँ आयोजित ७ नं प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै डा भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको व्यवस्था नभएसम्म देशमा राजनीतिक स्थिरता कायम हुन नसक्ने उल्लेख गर्दै यसका लागि राष्ट्रिय अभियान चलाएर जनमत तयार गर्नुपर्ने बताउनुभयो ।