नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको छ। मोदीको जनकपुर भ्रमण कार्यक्रम रद्दबारे बिहीबार नेपाल सरकार परराष्ट्र मन्त्रालयले कार्यक्रम रद्द गरेको सूचनालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले विज्ञप्ति निकालेर पुष्टि गरेका छन्।

सरकारको तर्फबाट जनकपुरमा मोदीको स्वागत तयारी गर्ने जिम्मेवारीसमेत पाएका मन्त्री निधिले मोदीको जनकपुर भ्रमण कार्यक्रम रद्द हुनु दुखद भएको बताए। यसैबीच निधिले मोदीको जनकपुर भ्रमण कार्यक्रमसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको बेला एक्कासी रद्द भएकोमा दुःखलागेको बताए।

साथै कार्यक्रम रद्द हुनुको दोष एमाओवादी नेतृत्वको २२ दलीय मोर्चालाई लगाएका छन्।

मोदीले जनकपुर भ्रमण नगरे पनि लुम्बिनीलगायत अन्य स्थानको भ्रमण कार्यक्रमबारे केही जानकारी नआएको बताए।