ट्रक खस्दा ७ जनाको मृत्यु

हेटौंडा, कार्तिक १८ – मकवानपुरको चुरियामाई गाविसमा मंगलबार बिहान इँटा बोकेको ट्रक खस्दा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दीपक थापाका अनुसार सर्लाहीबाट हेटौंडा आउँदै गरेको ना ४ ख १२८२ नम्बर ट्रक चुरियामाई गाविसमा सडकबाट तल खसेको हो ।

थापाका अनुसार ट्रकमा रहेका ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।