वेल्जियमका महिलाहरुले गरे वाढिपिडितलाई सहयोग

चारदिशा संवाददाता।

वेल्जियमवासी नेपाली महिलाहरुले नेपालका वाढिपिडितहरुको सहयोगार्थ साङ्गितिक कार्यक्रम सम्पन्न गरेका छन्।वरिष्ठ पप गायक ओम विक्रम विष्टले आइतवार एन्टरपेनमा आयोजना गरिएको कार्यक्रममा हृदयस्पर्शी गितहरु प्रस्तुत गरेका थिए।

आइतवार साँझको कार्यक्रममा विष्टका साथै स्थानीय कलाकारहरुले पनि नृत्य प्रदर्शन गर्नुको साथै गीतहरु गाएर भरपुर मनोरन्जन प्रदान गरे। कार्यक्रममा एनआरएनए लगायत विभिन्न संस्थाका पदाधिकारीहरु सहभागी भएका थिए ।

10388075_890118934342238_5937732410085996396_n(1)वेल्जियमवासी नेपाली महिलाहरुले यसअघिपनि “मेरी वास्सै” टेलिभिजन श्रृङ्खलाका कलाकारहरुको कार्यक्रम आयोजना गरी सहयोग गरेका थिए।वाढिपिडितको लागि वेल्जियम स्थित अन्य संस्थाहरुले यस अघि पनि सहयोग गरिसकेका छन्।

तस्वीर:- लिला शर्मा मानन्धर।