बेल्जियम – एनआरएनको स्थापना काल देखि नै यस अभियानमा जोडिएका सिमित महिला नेतृ मध्येकी तथा एनआरएन बर्तमान कार्यसमितिकि सचिव जानकी गुरुङ्गले आगामी कार्यकाल लागी महासचिवको रुपमा काम गर्ने गरी आफ्नो तैयारी सुरु गरेको जानकारी दिएकी छन् ।
बेल्जियमलाई कर्मथलो बनाएकी गुरुङ्गले संसारका असी देशमा छरिएर रहेका गैह्रआवासिय नेपालीहरुको संस्थाको केन्द्रिय नेतृत्वको लागी बिभिन्न पदमा आफ्नो दावेदारी प्रस्तुत गरिरहँदा आफू पनि निकै लामो समयदेखि यो अभियानमा जोडि रहेको भन्दै आफू स्वत: महासचिवको दावेदार रहेको उल्लेख गरिन । एनआरएन बेल्जियमको संस्थापक कोषाध्यक्ष, सल्लाहकार हुँदै युरोप सह संयोजक समेत भएकी गुरुङ्ग २०११ – २०१३ मा एनआरएन बेल्जियमकि अध्यक्ष समेत निर्वाचित भएकी थिईन । यसै गरि दुई पटक संस्थाको आईसीसी सदस्य भएर काम गरेकी गुरुङ्ग अहिले सचिवको रुपमा कार्यभार सम्हाली रहेकी छिन ।
संस्थाले दिएको जिम्मेवारी इमान्दारी पुर्वक निर्वाहा गर्ने हक्की स्वभावकी गुरुङ्गको दावेदारीलाई विभिन्न क्षेत्रका एनआरएन हरुले सकारात्मक रुपमा लिनुका साथै संस्था भित्रका क्षमतावान महिलाहरूलाई अवसर प्रदान गर्नुपर्ने पक्षमा संस्थाका सदस्यहरुको मत रहेको छ ।