पुर्बीय सन्स्कार र सन्स्कृतिको प्रचार प्रशार तथा सम्बर्धन गर्ने उद्द्यस्यले गठन भएको सत्कर्म बेल्जियमले कतारमा परिबन्दमा परि मृत्यु दंडको सजाय पाएका बिनोद रानाभाटको जीबन रक्षाका लागि चार लाख पचास हजार रुपया सन्कलन गरी उनको परिवारलाई पठाएको छ ।
हत्याको आरोपमा जेलमा रहेका रानाभाटले बयासी लाख रुपया ब्लडमनी म्रितकको परिवारलाई बुझाएमा उनको सजाय मिनाह भै जेलमुक्त हुने हुँदा संसारका बिभिन्न ठाउँबाट सहयोग सन्कलन भैरहेको गीतकार एबम समाजसेबी यसोदा थापाले जानकारी गराउनु भएको छ । बेल्जियमका बिभिन्न सहयोगी भावना भएका ब्यक्तीहरुबाट प्राप्त सहयोग नेपालमा नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कंडेल मार्फत साउन एघार गते उनको परिवारलाई हस्तान्तरण गर्ने कार्य्क्रम तय भएको सत्कर्मका कोषाध्यक्ष एबम सहयोग अभियानमा सक्रिय राम पुनले जानकारी गराउनु भएको छ ।
साथै सत्कर्म बेल्जियमका अध्यक्ष मदन गुरुङले परदेशमा मृत्यु कुरी रहेको एकजना नेपाली युबाको जिबन बचाउन सहयोग गर्नु हुने सबै दाज्युभाई दीदीबहिनीहरुलाई धन्यवाद ब्यक्त गर्नु भएको छ ।