एजेन्सी – यो फोटो हेर्दा कसरी लाफिङ बुद्ध आकारको कांक्रो बोटमा फल्यो होल भनेर तपाइँको मस्तिष्कमा प्रश्न उब्जन सक्छ । यो कांक्रो बोटमै फलेको भए पनि लाफिङ बुद्ध आकार यसको सक्कली रुप होइन् ।
चीनमा लाफिङ बुद्ध आकार तथा अन्य मूर्तिको आकार कांक्रामा उतार्ने चलन छ । यसका लागि त्यहाँका किसानले कांक्रोलाई जस्तो अकार दिन चाहन्छन् त्यस्तै प्लास्टिकको आकारले बाध्छन् ।
लामो समयसम्म यसरी राखिएपछि कांक्रो बोटमै कलात्मक देखिन्छ । उत्तर चीनको हार्बिनमा हिम एक्स्पो सुरु हुँदैछ । अत्यान्त चिसो यो क्षेत्रमा एक्स्पोका लागि विविध हिम मूर्ति तथा कलाकृतिहरू निर्माण हुँदैछन् ।
एक्स्पोका लागि १०३ मिटर लामो, १४ मिटर चौडा र ३१ मिटर उचाईको विशाल हिममूर्ति तयार भैसकेको छ भने कलाकारहरू त्यसको आसपास अन्य कलाकृति कुँद्न तल्लिन छन् । सय जना कलाकारले दश दिनभन्दा बढी समयमा तीस हजार वर्ग मिटर क्षेत्रको हिउँ लिएर यो विशाल मूर्ती निर्माण गरेको सिआरआइले जनाएको छ ।