प्रदेश २ – धनुषाको जनकनन्दनी गाउँपालिकाले युनिसेफको सहयोग र जिल्ला समन्वय समिति पर्साको प्राबिधिक कार्यलय पर्साको प्राबिधिक सहयोग जनकनन्दनी गाउँपालिकाको सहजिकरणमा गाउँपालिकाको कार्यलयमा आयोजित एक कार्यक्रमका बिच आज सहायता सामाग्री हस्तान्तरण गरिएको हो ।
युनिसेफको आर्थिक सहयोगमा संचालित किशोरी शिक्षा कार्यक्रममा सहभागी भएर उतिर्ण भएका किशोरीहरुलाई ९ महिने शैक्षिक प्याकेज संचालन पछि आबश्यक परीक्षा लिएर सामुदायिक विद्यालयमा भर्ना भएका किशोरीहरुलाई सहायता सामाग्री बितरण गरिएको गाउँपलिका प्रमुख अब्दुल वारीख शेखले जानकारी दिए ।
किशोरी शिक्षा सहायता कार्यक्रमले `मुख्यमन्त्री बेटि पढाउ, बेटि बचाउ´ अभियानलाई पनि सहयोग गर्ने गाउँपालिकाकी उप प्रमुख भारती कार्किले बताईन । आगामी बर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिने ईच्छा भएपनी दाताको सहयोग हुने वा नहुने भन्ने कुरा अहिलेसम्म अन्यौलपुर्ण रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलानन्द झा ले जानकारी दिए । किशोरी शिक्षा सहायता कार्यक्रम अन्तरगत गाउँ पालिकाका ९० जना किशोरीहरुले सहायता प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।