जनकपुरधाम – प्रदेश २ सरकारकै सबैभन्दा कम चर्चामा रहेर पनि धेरै कार्य गर्न सफल मन्त्रालय मध्य एक हो कृषि, भुमिब्यबस्थापन तथा सहकारी मन्त्रालय । त्यही मन्त्रालयका मन्त्री बडे मिया कृषि, सहकारी तथा भुमी ब्यबस्थापन मन्त्री शैलेन्द्र शाहको चर्चा त हामिले अनुभव गरेकै हौं । आज हामी सोही मन्त्रालय अन्तरगत रहेका छोटे मिया अर्थात कृषि, भुमी ब्यबस्थापन तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव सँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गर्दै छौं ।
नेपालको अर्थतन्त्रमा निकै ठूलो र अनौपचारिक समेत योगदान दिने कृषि, सहकारी तथा निकै ठूलो समस्या रहेको मानिने भुमि ब्यबस्थापन मन्त्रालय आफैंमा समस्याको चाङमा उभिएको मन्त्रालय मात्रै होइन कि हाम्रो जस्तो निर्वाहामुखी कृषि, सामन्य जनताको जिबनस्तर सुधार गर्न सक्ने सामर्थ्य राख्ने सहकारी अनि सामन्ती संस्कारको दवदवा रहेको भुमी ब्यबस्थापनको चुनौती सम्हाल्नु त्यति सजिलो काम पक्कै होइन त्यसमा एक राज्यमन्त्रीको अधिकार क्षेत्रले कति काम गर्न सकिएला त्यो सहजै अनुमान लगाउन सकिने बिषय पनि हो ।
बि. सं. २०३३ चैत्र ०५ गते रौतहटको अहिलेको राजदेवी नगरपालिका पथ्रा मा जन्मेर चिकित्सा शास्त्र मात्रै होइन पोलिटिकल साइन्समा समेत एम. ए. गरेका योगेन्द्र राय यादवको राजनैतिक यात्रा भने निकै रोचक अनि चुनौतीपूर्ण समेत रहेको छ । २०५० सालबाट राराबको विद्यार्थी संगठन बाट राजनीतिको थालनी गरेका यादवले २०५७ सम्म स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचित सदस्यको रूपमा कृयाशिल रहे । मुलधारका भनिएका ठुला पार्टीका विद्यार्थी संगठनको दवदवा रहेका बेला मधेसबादको वकालत गर्ने तत्कालीन सद्भावना पार्टिको विद्यार्थी संगठनमा रहेर काम गर्नु कति चुनौतीपूर्ण थियो होला हामीले सहजै अनुमान गर्न सकिने बिषय पनि हो । ” नेबिसंघ र अखिलको दवदवा रहेको समयमा पनि मधेसवाद प्रती अबिचलित रहन सक्नु नै अहिलेको सफलताको चावी हो । ” बिगत सम्झदैं उनले भने ।
मेडिकल शिक्षाको लागि २०५८ मा धरान लागे सँगै उनको राजनैतिक जिबनमा पनि निकै परीवर्तन हुन पुग्यो । धरानमा अध्ययनरत भएकै बेला उनको अहिलेको समाजवादी पार्टिका अध्यक्ष उपेन्द्र यादव सँग भेटघाट मात्रै बाक्लिएन उपेन्द्र यादवको मधेसवाद प्रतिको स्पष्ट दृष्ट्रीकोणले उनलाई उपेन्द्र यादव प्रती अझै झुकाव राख्न उत्प्रेरित गर्यो । भने यता उनि आबद्ध सद्भावना पार्टी भने आन्तरिक शक्ति संघर्षको चपेटामा परेर टुटफुट र आरोप प्रत्यारोपले गर्दा मधेसवाद र मधेस मुक्तीको कुरा खाली एक भुलभुलैया जस्तो मात्र देखिन पुगेको बेला उपेन्द्र यादव सँगको निकटताले मात्रै होइन उपेन्द्र यादवको सरल जीवन र स्पष्ट दृष्ट्रीकोणले चुम्बक झैं तानिरह्यो । राज्यमन्त्री यादव रमेश महतो भन्दा अगाडि देखि नै पुर्वी तराईमा नयाँ मधेसवादको पुर्न ताजगिको लागि लागिसकेका थिए भने उपेन्द्र यादवको राजनैतिक संलग्नता र सुरक्षा चुनौतीको बिषयमा समेत जानकार मात्रै थिएनन् त्यसको न्यूनीकरणमा पनि उनको निकै ठूलो योगदान निभाए । मधेसी जनअधिकार फोरमको स्थापना र संगठन बिस्तारमा समेत उनको निकै ठूलो योगदान रहेको छ । पहिलो मधेस आन्दोलनमा उनको सक्रियता र नेतृत्व क्षमतालाई समेत तत्कालीन मधेसी जनअधिकार फोरमको पार्टी नेतृत्वले समेत त्यसलाई नजिकबाट अनुभव गरेको उनको भनाइ छ ।
२०६४ को पहिलो संबिधान सभाको निर्वाचन बाट देशको चौथो शक्तीको रुपमा उदाएको तत्कालीन मधेसी जनअधिकार फोरमको संसदीय राजनैतिक यात्रा सँगै उपेन्द्र यादव उपप्रधान सहित परराष्ट्र मन्त्री बने भने योगेन्द्र राय यादव स्वकीय सचिव नियुक्त भए । उनी स्वकीय सचिव नियुक्त हुने कुरा उपेन्द्र यादवको निर्णय मात्रै थिएन पहिलो मधेस आन्दोलनमा उनले निभाएको भुमिका र नेतृत्व क्षमतालाई देखेर पार्टिले निर्णय गरेर नै उनलाई यो जिम्मेवारी सुम्पिएको थियो । आन्दोलन बाट उदाएको नयाँ शक्ति अनि देशकै परम्परागत राजनैतिक शक्ति, अन्तर्राष्ट्रिय शक्तीकेन्द्रको चलखेल र आफ्नै पार्टिका पदलोलुप र अवसरवादिको चरीत्रले गर्दा तत्कालीन प्रचण्ड नेतृत्वको सरकारको बहिर्गमन सँगै तत्कालीन मधेसी जनअधिकार फोरम फुट्न पुग्यो त्यसले उपेन्द्र यादव, योगेन्द्र राय यादवलाई मात्रै होइन समग्र मदेशवादलाई नै कमजोर गराएको उनको टिप्पणी छ ।
देशी बिदेशी शक्ति केन्द्र तथा अवसरवादिको झुण्डका कारण टुटफुट र बिभाजनको सिकार बन्न पुगेको तत्कालीन मधेसी जनअधिकार फोरम सँगै समग्र मधेस आन्दोलनको स्प्रीटलाई मात्रै कमजोर गराएन । मधेस केन्द्रीत दलका नेता बिशेश गरि उपेन्द्र यादवको नेतृत्व क्षमतालाई लिएर विभिन्न टीका टिप्पणी र अफवाहले संचारमाध्यमका हेडलाईनमा स्थान बनाउन सफल भए । तर उनलाई भने उपेन्द्र यादवको नेतृत्व क्षमता र बैचारिक दृष्ट्रीकोणलाइ लिएर एकदम स्पष्ट थिए । उपेन्द्र यादवको पछाडि ढाल भनेर चट्टान झैं खडा भै रहे । ” धरानमा उपेन्द्र यादव सँग भेटघाट नभएको भने आफ्नो राजनैतिक यात्रा कस्तो हुन्थ्यो भनेर अहिले अनुमान लगाउन समेत सकिदैन । ” उनले बिगतलाई स्मरण गरे ।
उपेन्द्र यादव संगको निकटता र सानिध्यताबाट राजनितीको दोस्रो अध्याय सुरुवात गरेका उनले पार्टिको निर्णयलाई सम्मान गर्दै पार्टी अध्यक्षको सचिवालयमा गए पनि उनको झुकाव भने पार्टिगत र क्षेत्रगत राजनीतिनै उनको रोजाइ थियो । प्रचण्ड नेतृत्वको तत्कालीन सरकारको पतन सँगै राज्यमन्त्री यादव समेत पार्टिको आन्तरिक राजनीतिमा सक्रिय भए २०६७ मा जनकपुरधाममा भएको मधेसी युवा फोरमको महाधिवेशन बाट मधेसी युवा फोरमको केन्द्रिय अध्यक्षमा निर्वाचत हुन सफल भए चारवर्षे कार्यकाल सहित । यसै बिचमा मधेसी युवा फोरमलाई राष्ट्रिय स्तरमा स्थापित गराउनमा समेत उनले उल्लेख योगदान दिए । युवा संघका तत्कालीन अध्यक्ष महेश बस्नेत, तत्कालीन तमलोपाका कृष्णा सिंह सहित नेताहरु आफ्ना समकक्षी रहेको उनले जनाए ।
दोस्रो संबिधानसभा निर्वाचनमा रौतहट क्षेत्र नंं. १ बाट संविधान सभा सदस्यको प्रत्यक्ष तर्फ उमेरद्वार बनेका राज्यमन्त्री यादवले तत्कालीन नेकपा (एमाले) का बरीष्ठ नेता एंब पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल सँग पराजित मात्रै भएनन् तेस्रो स्थानमा सिमित बन्न पुगे । चुनावी असफलतालाई आफ्नो पहिलो शिकाईको रुपमा व्याख्या गरेका उनले संविधान निर्माणमा सहभागी हुन नसकेपनी संबिधान निर्माण पछाडिको प्रदेशसभा निर्वाचनमा भने रौतहट क्षेत्र `क´ बाट नै भारी मतान्तर सहित निर्वाचित हुन सफल भए सँगै गठन भएको प्रदेश २ को सरकारमा कृषि, सहकारी तथा भुमी ब्यबस्थापन राज्य मन्त्री बन्न सफल भए ।
आफ्नो योगदान मुतावीकको पद नपाएको अनुभव भएपनी पार्टिको निर्णयको सम्मान गर्दै राज्यमन्त्रीको सपथ लीएको र आगामी दिनमा प्रदेशको महत्त्वपूर्ण मन्त्रालय सम्हाल्नको लागि आफू प्रतीक्षारत रहेको समेत उल्लेख गरे । नेकपाका बरीष्ठ नेता माधव नेपालको क्षेत्रबाट निर्वाचित भएपनी आफुलाई कतै कम भुमिकामा मात्रै सिमित गरिएको हो कि जस्तो अनुभव आफ्नो अन्तरमनमा भने हुने गरेको रहस्य समेत खोल्न भ्याए ।
प्रदेश २ सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अन्नभण्डार मानिने प्रदेश २ लाई कृषिमा आत्मनिर्भर र निर्यातको लागि समेत तयार गर्ने गुरुयोजनाको साथ काम अगाडि बढाईरहेको जानकारी दिदैं बिगतको परम्परागत शैलीबाट आधुनिक र व्यावसायिक का साथै प्रबिधिमैत्री बनाउने योजना सहित अगाडि बढिरहेको उल्लेख गर्दै उत्पादनमुखी कृषि नै अहिलेको आबश्यकता भएकोमा जोड दिए । कृषि यान्त्रिककिकरण, शीत भण्डार, बजारीकरण, मत्स्य पालन सहित प्रदेश २ का १३६ वटै पालिकामा दुग्ध संकलन केन्द्र र चिस्यान केन्द्र समेत आगामी आर्थिक बर्षभित्रमा स्थापना गर्ने गरि प्रदेश २ सरकारले आगामी बर्षको नीति तथा कार्यक्रममा पेश गरेको समेत स्मरण गराउन भ्याए ।
रासायनिक मलखाद, बीउ बिजन र सिंचाइ आफ्नो मन्त्रालयका महत्त्वपूर्ण समस्या रहेको उल्लेख गर्दै मल खाद र बीउ बिजनको लागि सम्बन्धित निकायहरु सँग समन्वय गर्दै अगाडि बढिरहेको र रासायनिक मल खरीदमा संघीय सरकार र यसका निकायहरु नै संलग्न रहने भएको हुँदा आफुहरुको प्रत्यक्ष भुमिका नहुने भएपनी यसको बितरण र ब्यबस्थापनमा आफुहरु सक्रियता पुर्वक लागिरहेको उल्लेख गरे । अनुदानको रासायनिक मल र बीउ बिजनको दुरुपयोग हुने गरेको बिगत प्रती आफुहरु सचेत रहेको उल्लेख गर्दै रासायनिक मल बितरणको अनुमती पाएका सहकारीहरुको सुक्ष्म अनुगमन भै रहेको र कुनै अनियमितता भेटिए तत्काल कार्वाही अगाडि बढाईने दावी समेत गर्न भ्याए ।
खेतीयोग्य जमिनमा बस्तिको चाप बढेसँगै खेतीयोग्य भुमिको ब्यबस्थापन चुनौतीपूर्ण बन्दै गएको यथार्थका बिच `बगर खेतिको अबधारणा´ अघि सारिएको उल्लेख गर्दै प्रदेश २ का युवालाई प्रदेश भित्रै रोजगारीको ब्यबस्था गर्नको लागि प्रदेश सरकारले निरन्तर प्रयास गरीरहेको बताउँदै युवाको पलायन रोक्नको लागि समेत सहकारीमा आधारित को – अपरभेटिभ फार्मिङ मार्फत यसलाई ब्यबस्थापन गर्ने र युवालाई स्वरोजगार गराउँदै लैजाने नै प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेको समेत उल्लेख गरे । प्रदेश क्षेत्र बिकास कोष बाट समेत शिक्षा, स्वास्थ, भौतिक पुर्वाधार एंब कृषि लगायतका कामको शिलान्यास मात्रै गरिएको छैन निर्माणका काम समेत द्रुत गतीमा अगाडि बढेको छ भने रौतहटका विभिन्न पोखरीको सौन्दर्यणिकरणको काम समेत अगाडि बढिरहनुका साथै गरीव र लक्षित बर्गका लागि सर सफाईको सुचक मानिने ट्वाईलेट बितरण समेत गरेका छन् त्यो पनि आफ्नै प्रत्यक्ष सक्रियता र निगरानीमा भलै बिरोधिले उनको त्यो कदमको आलोचना समेत गर्न भ्याए ।
संविधान निर्माण पश्चात् गठन भएको प्रदेश सरकारको फिडब्याक सम्बन्धमा जिज्ञासा् राख्दा सामाजिक र आर्थिक मात्रै होइन चेतनाको बिकास र आम मनोबीज्ञानमा समेत निकै परीवर्तन भएको आफ्नो अनुभव रहेको बताउँदै हत्या, हिंसा, बलात्कार घटना बढेको देखिए पनि त्यस्तो मात्रै नभएको उनको धारणा छ । पहिला पनि त्यस्ता वा त्यस्ता खालका घटना हुने तर पहुँच र बाहुवलको आधारमा त्यस्ता घटना दबाईने सामाजिक परीपाटी रहेको अहिले संचार माध्यमको सहज पहुँच सँगै त्यस्ता किसिमका गम्भीर अपराधमा मिडियाकर्मिले निकै ठूलो योगदान दिएको आफ्नो अनुभव रहेको बताउँदै त्यसका लागि सबै मिडियाकर्मि प्रती आभार समेत ब्यक्त गरे ।
नयाँ शक्ति र संघिय समाजवादी फोरम बिच पार्टी एकता प्रती सन्तुष्ट र आशावादी रहेको उल्लेख गर्दै पार्टिको परिचय मधेस केन्द्रित बाट राष्ट्रिय बने पनि पार्टिको प्रधान नीति र मधेसवाद प्रतिको आफुहरुको झुकाव निरन्तर रहेको उल्लेख गर्दै अब आदिवासी, जनजाति सहित सम्पुर्ण उत्पीडित बर्ग र समुदायले समेत निकै ठूलो आशासहित आफुहरुलाई शंकाको सुबिधा प्रदान गरेको जनाउँदै आफुहरुको प्रयास त्यो आशालाई जिवीत राख्दै सत्यतामा बदल्नु रहेको समेत जनाए । तत्कालीन संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रहेका राज्यमन्त्री यादव समाजवादी पार्टिका पनि प्रभाशाली केन्द्रीय सदस्य रहेका छन् ।