जेनेभा – बिगत केही समयदेखी चर्चा र बिवादको केन्द्रमा रहेका पुर्ब माओवादी बाल लडाकुका अध्यक्ष हिजो साँझ स्वीजरल्याण्ड आईपुगेका छन् ।
स्थानीय समयअनुसार आज ९: ३० देखि नै महत्त्वपूर्ण र निकै अर्थपूर्ण भेटघाटमा ब्यस्त रहने कार्यतालिका सहित आफू स्वीजरल्याण्ड आएको बिष्टले चारदिशालाई जानकारी दिए । बिष्टका अनुसार ट्रायल ईन्टरनेशनका प्रमुख सहित आईसीजेका प्रतिनिधि तथा संयुक्त राष्ट्रसंघिय स्पेशल र्यापिटरलाई समेत भेटघाट र छलफलको लागि समय तय भएको समेत बुझिएको छ ।
यी तिनै पाँच स्पेसल र्यापिटर हुन जसले केही समय अगाडि नेपाल सरकारले द्वन्द्वकालिन समस्या समाधानका लागि गठन गरीएका दुई आयोग पुनर्गठन सहित नेपालको समग्र संक्रमणकालिन न्याय सम्बन्धि प्रक्रिया त्रुटिपुर्ण र पुर्वाग्राही रहेको भन्दै नेपाल सरकारलाइ छुट्टाछुट्टै पत्र लेखेर पिडितको पिंडामाथी खेलवाड नगर्न सचेत गराएका थिए । उनिहरुको चेतावनी पछि दुबै आयोगका पदाधिकारी चयन बाट सरकार पछि हटेको थियो ।
स्वीजरल्याण्डमा रहँदा बाल लडाकु बिष्टले तिनै पाँच स्पेसल र्यापिटरलाई भेट्दा त्यसको सिधा असर नेपालको संक्रमणकालीन न्यायमा समेत पर्ने देखिएको छ । अहिलेको स्वीजरल्याण्ड भेटघाटको असर काठमाडौमा तत्काल देखा नपरेपनि आगामी दिनमा बालसैन्यको मुद्दाले समग्र संक्रमणकालिन न्यायलाई नै अगल बाटोमा लैजान सक्ने देखिएको हो । संयुक्त राष्ट्रसंघिय राजनैतिक मिसन अनमिनको प्रमाणिकरण बाट नै बाल लडाकु प्रमाणित भएका बिष्ट सहितका बाल लडाकु राष्ट्रसंघिय निकायको नजरबाट पनि सबैभन्दा प्रमाणित द्वन्द्व पिडित देखिने हुँदा त्यसको प्रत्यक्ष वा स्वभावीक फाईदा पनि बिष्ट सहितका बाल लडाकुलाई नै पुग्नुका साथै बिष्टलाई युरोपियन मुलुकले दिएको उच्च महत्व तथा बिष्ट स्वयंले बालसैन्यको मुद्दाको अन्तर्राष्ट्रियकरण बाट पाएको सफलताको ग्राफ तथा नेपाल सरकारको बिभेदपुर्ण संक्रमणकालीन न्यायिक प्रक्रियाले पनि बिष्टको स्वीजरल्याण्ड यात्रा निकै अर्थपूर्ण रहने देखिएको छ ।
त्यस्तै जेनेभामै मुख्यालय रहेको ट्रायल ईन्टरनेशनलका प्रमुख सहितका प्रतिनिधि सँगको भेटघाट भने नेपालले हस्ताक्षर गरीसकेको `बाल महासन्धि´ अन्तरगत नै रहनेगरी हेगमा मुद्दा दर्ता गर्दा आईपर्ने कानुनि झमेला र लुपहोल्सको खोजिमा केन्द्रीत रहने स्रोतले जनाएको छ । हेगमा मुद्दा दर्ताको प्रक्रिया अगाडि बढेसँगै बिष्टलाई नेपाल सरकार तथा त्यस सम्बद निकायबाट हुन सक्ने सुरक्षा चुनौती र त्यसबाट बाहिर निस्कने उपायका साथै समग्र संक्रमणकालिन न्यायको सम्बन्धमा समेत छलफल केन्द्रीत रहने बुझिएको छ ।
यसका साथै स्वीजरल्याण्डमा रहँदा बिष्टले जेनेभा स्थित अन्तर्राष्ट्रिय मानवअधिकार सँग सबंधित सबै संघ संस्थाका प्रतिनिधि सहित संयुक्त राष्ट्रसंघका अन्तर्राष्ट्रिय वालअधिकार कर्मिलाइ नेपालको संक्रमणकालीन न्याय र बाल सैन्यको अहिलेसम्मको संघर्ष, प्राप्ती र चुनौतिको साथमा अन्तर्राष्ट्रिय मानवअधिकार कर्मी सहित अन्तर्राष्ट्रिय संघ संस्था सँग बालसेनाको अपेक्षा सम्बन्धमा आफ्नो विशेष प्रस्तुति समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको बुझिएको छ ।