द्रोण रिजाल , नेदरल्यान्ड्स
गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको तेह्रौ साधारण सभा साथै दशैँ ,तिहार शुभकामना आदान प्रदान कार्यक्रम यहि अक्टुबर २९ तारिखका दिन सम्मपन्न भएको छ | बेनलक्सका लागि महामहिम नेपाली राजदुत श्री लोक बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथि हरु क्रमस: केन्द्रीय उपाध्यक्ष कुमार पन्त , केन्द्रीय सदस्य नारायण आचार्य ,पुर्व आइसीसी सदस्य तथा बिधान संसोधन समितिका संयोजक श्रीराम कंडेल सहित विभिन्न संघसंथाका अध्यक्ष र प्रतिनिधिहरुहरुले , गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषदले नेपालमा रहेका सम्भावनाहरुको खोजी गरि राज्यको सम्ब्रिधिका लागि लगानी गर्न र सम्बन्धित देशसंग समन्वय गरी लगानीका अवसरहरु आफ्नो देशमा भित्राउनका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो |
ख्याती प्राप्त कलाकारहरुको सांकृतिक प्रस्तुति संगै सम्पन्न कार्यक्रममा नेदरल्यान्ड्सबासि नेपालीहरुको बाक्लो उपस्थिति थियो | एन र एन ए नेदरल्यान्ड्सका अध्यक्ष ठाकुर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिब को प्रतिबेदन र आर्थिक प्रतिबेदन क्रमसः महासचिब जितेन्द्र कुमार श्रेष्ठ र कोषाध्यक्ष मिम पुर्जाले पेस गरेका थिए , भने बिधान संसोधन समितिका संयोजक श्री राम कंडेल र सदस्य धन कुमार बोहराले संसोधित बिधान साधारण सभामा प्रस्तुत गरेका थिए | आमंत्रित उपस्थित महानुभाबहरुलाई संघका उपाध्यक्ष भिम रोक्काले स्वागत गरे , कार्यक्रमलाइ सहयोग पुर्याउनुहुने सहयोगी दाताहरुलाई संघकी सचिब शान्ति थोकरले धन्यबाद दिएकी थिइन भने कार्यक्रमको संचालन महासचिब जितेन्द्र कुमार श्रेष्ठले गरेका थिए |