बेल्जियममा संबिधान दिवस, फोटो फिचर

चारदिशा, बेल्जियम,

संविधान जारी भएको तीन वर्ष पुगेको उपलक्ष्यमा आज देशबिदेशमा विभिन्न कार्यक्रम आयोजना गरि संबिधान दिवस मनाइएको छ।

युरोपको राजधानी बेल्जियममा नेपाली राजदुताबास बेल्जियमले पररास्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रमुख आथित्यतामा संबिधान दिवस मनाएको छ ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपाली जनताले आफ्नो संबिधान आँफै लेख्ने लामो समय सम्म गरेको संघर्ष सफल भएर प्रगतिशिल समाबेशि संघिय संबिधान जारी भएको र तीन चरणका निर्वाचन सम्पन्न भै बिकासको नयाँ युगमा प्रबेश गरेको बताउनु भयो। सन 2030 सम्म नेपाललाई बिकोशोन्मुख देशको दर्जामा पुर्याउने लक्ष प्राप्त गर्ने दिशामा सरकार कृयाशिल रहेको छ भन्नुभयो । मन्त्री ज्ञवालीले संबिधान दिबसमा देश बिदेशमा रहनु हुने सबै नेपाली बधाई दिदै सम्ब्रिद्ध नेपाल बनाउनु अभियानमा सहयोग गर्न आब्ह्वान गर्नु भयो ।

युरोपियन एक्स्तर्नल एक्सन सर्भिस EEAS का उपमहासचिब क्रिष्टियन लेफरले युरोपियन युनियन नेपालको बिकासका लागि साझेदार रहेको र नेपालको संबिधानले कल्पना गरेको उत्कृष्ट ब्यबस्थाको कार्यन्वयनमा सहयोग गर्न सधैं तयार रहने बताउनु भयो ।

बेल्जियम संसदकी सांसद रिता बेलेनले  बेल्जियम र नेपाल बिचको सम्बन्ध सरकारी स्तर देखी जनस्तर सम्म रहेको र यसलाई अझ मजबुत बनाउन संसदबाट कृयाशिल रहने बताउदै नेपाली समुदायले बेल्जियममा इमान्दार र परिश्रमि समुदायको छबी बनाएकोले आफु लगiयत देशले नेपाली समुदायलाई सम्मान गर्ने बताउनु भयो ।

उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै बेनेलक्स र युरोपिय युनियनल्का नेपाली राजदुत लोक बहादुर थापाले नेपालको बिकासमा युरोपको महत्वपूर्ण योगदान रहेकोमा धन्यवाद दिदै आगामी दिनमा सम्बन्ध अझ मजबुत हुने विश्वाश ब्यक्त गर्नु भयो ।

बिभिन्न देशका राजदुतहरु , युरोपियन युनियन र बेल्जियमका साम्सदहरु , पार्टी पदाधिकारीहरु, बेल्जियम नेपाल फ्रेन्डशिप सोसायटीका पदाधिकारी लगायत नेपालका शुभचिन्तकहरु, बेल्जियम , नेदरल्यान्ड र लग्जेमबर्गका गैर आबासिय नेपालीहरुको बiक्लो उपस्थिती रहेको कार्यक्रम रात्री भोज सहित् शुभकामना आदान प्रदान गर्दै सम्पन्न भएको थियो ।