माओवादी नेता नारायणकाजी श्रेष्ठ बेल्जियम आउँदै

चारदिशा , बेल्जियम ,
प्रबासी नेपाली संघ संस्थाहरुमा जनअधिकार  र जनमुक्तिका लागी भएका आन्दोलनमा   समर्थनको चर्को आवाज उठाउने अग्रणी सङ्गठनको छबी बनाएको जनप्रगतीशिल मन्च बेल्जियमको एघारौ अधिबेशन  आउदो मार्च १९ तारिख बेल्जियमको एन्त्वेर्पेन शहरमा हुने भएको छ ।
अधिबेशनको प्रमुख अतिथी भएर अधिबेशन उद्घाटन गर्न नेकपा माओवादी केन्द्रका पूर्व  उपाध्यक्ष, पूर्व उपप्रधानमन्त्री  नारायणकाजी  श्रेष्ठ आउने पक्का भएको जन प्रगतिशिल मन्चका महासचिब कृष्ण तिवारीले बताउनु भएको छ । उपाध्यक्ष श्रेष्ठ युरोपका अन्य देशमा हुने अधिबेशनमा  पनि सरिक हुने  र मार्च २६ मा हुने मन्चको युरोप स्तरिय सन्जालको  अधिबेशनमा पनि रहनु हुने छ ,    साथै कार्यक्रमका लागी जनबादी कलाकारहरु पनि नेपालबाट आउने तय भएको छ ।

एघारौ अधिबेशनको तयारीका लागि एकसय तेह्र सदस्यीय मुल समिती  बनेकोछ भने प्रचारप्रसार , ब्यबस्थापन, आर्थिक लगायतका उपसमितीहरु बनाई तयारीलाई तिब्र पारीएको मन्चले जनाएको छ ।

अधिबेशनले जनबादी आन्दोलनलाई अघि बढाउन महत्वपूर्ण भूमिका निभाउन  प्रबासमा पनि ब्रिहत्तर मोर्चाको अबधारणा सार्वजनिक गर्ने, विश्वब्यापी सन्जालको निर्माणको लागी पहल गर्ने र समाजबादी आन्दोलनको दिशामा जाने बिचारलाई सहयोग र समर्थन गर्ने निती अबलम्बन  गर्ने छ । मन्चले बेल्जियम  र युरोपमा रहेका प्रगतिशिल र प्रजातान्त्रिक शक्तिहरु सँग सहकार्य गर्दै बेल्जियम र युरोपमा रहेका नेपालीहरुको समस्यालाई समाधान गर्न संघर्ष  गर्ने पनि जनाएको छ ।

मन्चको नेत्रित्व एकातिर अधिबेशनको ब्यबस्थापन र आगामी कार्ययोजनामा जुटेको छ भने नयाँ नेत्रित्वको प्रतिस्पर्धा पनि आन्तरिक रुपमा सुरु भैसकेको छ । आगामी अध्यक्षका लागी कृष्ण तिवारी, जित लामा, कृष्ण पौडेल, होम गुरुङ,कल्पना मगर लगायतले दाबी गरेकोले सहमतीमा यिनै मध्यबाट एकजना लाई चयन गरिने सम्भाबना रहेको मन्चको आन्तरिक श्रोतले चारदिशालाई  बताएको छ ।
सर्बसहमतिमा नेत्रित्व चयन् भए बर्तमान अध्यक्ष चित्र सुबेदीलाई युरोपियन सन्जाल ‘ जन प्रगतिशिल मन्च युरोपको’  नेत्रित्वका लागी पठाउने तयारी पनि भैरहेको छ ।