नेका महामन्त्री बिपी पुत्र शशांक बेल्जियम आउँदै

डिल्ली अंमाई, चारदिशा बेल्जियम
आउदो मार्च  ५ तारिख बेल्जियमको आन्त्रोपेन शहरमा नेपाली जनसम्पर्क समिति,बेल्जियमको चौथो अधिवेशनको आयोजना गरिएको छ  ।  अधिवेशनको उद्घाटन गर्न  नेपाली कांग्रेसका महामन्त्री बीपी पुत्र  डाक्टर शशांक कोइराला आउने  पक्का भएको नेपाली काङ्रेसको केन्द्रीय कार्यालयले जनाएको छ, उहाँसँगै केन्द्रीय प्रतिनिधिको रुपमा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे विशेष अतिथीको रुपमा सहभागि हुनु हुनेछ ।
चौथो अधिवेशन सम्पन्न गर्नको लागी जनसंपर्क समिती बेल्जियमले जिम्मेवारीहरु बाँडफाँड गर्न बिबिन्न समितिहरु बनाएको छ | समितिका प्रवक्ता सुभास गुरुङले प्रेषित गरेको विज्ञप्तिका अनुसार, साधारण सदस्यता वितरण समिति, बिधान मस्यौदा समिति, अधिवेशन व्यवस्थापन समिति, निर्वाचन समिति लगायतका समिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ | त्यसैगरि सदस्यता वितरण समिति संयोजक अनुजा प्रधानको नेतृत्वमा बिभिन्न क्षेत्ररुका सदस्यता वितरण कार्य सम्पन्न गरि समितिलाई १३३३ जना साधारण सदस्यको सूची कार्यसमितिलाई  समितिलाई बुझाइ सकेकोछ । अधिबेशन पाच मार्चमा भएपनी नेत्रित्व चयन्का लागी मतदान भने १२ तारिखमा हुनेछ ।
सन २००० मा स्थापना भएको यस संगठनले बेल्जियमको नेपाली समुदायमा गैर आबासिय नेपाली संघ पछि दोश्रो ठुलो संगठनको रुपमा आफुलाई स्थापित गरेको छ । चौथो अधिबेशनका लागी एक हजार तीन सय सदस्यहरुले आफ्नो मतदानको अधिकार प्रयोग गर्ने छन ।
मार्च १२ का दिन बेल्जियमका बिभिन्न क्षेत्र आन्त्रोपेन, ओष्ट भ्लान्दारेंन अन्तर्गत ब्रुगे, ब्रसेल्स र लुभेन मतदान क्षेत्र तोकी निर्वाचन संयोजक ईन्द्र क्षेत्रीको संयोजनमा बिभिन्न सदस्यहरु रहने गरि निर्वाचन प्रकृया अगाडी बढाउने व्यवस्था मिलाईएको जनाइएको छ । समितिले आफ्ना सबै सदस्यहरुलाई मार्च १२ मा हुने निर्वाचनमा आ-आफ्नो मत मार्फत जन संपर्क समितिको नेता चुन्ने छन ।
अहिले चुनाबी मैदानमा एन आर एन ए का पुर्व महासचिब माधव सापकोटा , चितवन क्याटकी संस्थाप अध्यक्ष सिता सापकोटा र बर्तमान उपाध्यक्ष अनुजा प्रधान  देखिएका छन । उनीहरु  जन संपर्क समितिका ससक्त र सकृय नेता भएकोले मतदताहरुलाई आफ्नो नेता चुन्न सकस परेको देखिन्छ  ।
हुनत  ईन्द्र पकवान,राम बहादुर थापा, गंगाधर गौतम जानकी गुरुङ  ,गोबिन्द  सुबेदी  र ध्रुब पौडेल जस्ता परिपक्व र दुरदर्शी नेताहरु भएकोले सहमतिको सम्भावनालाई नकार्दैनन दामन तमाङ लगायत धेरै जन संपर्क प्रती आस्थावानहरुले। केहीले युरोप हाँक्न सक्ने नेता बेल्जियममा छन भन्दै सकेसम्म अध्यक्षमा सहमति र नभए अध्यक्ष बाहेकमा सहमति गराउने विश्वाश ब्यक्त गरे । अन्तिम बिकल्प  र कार्यकर्ताको मन जित्ने सुन्दर बिकल्प निर्वाचन नै भएकोले डराउनु नपर्ने बताए , कहा पोखियो आफ्नै थालमा “।
उनीहरुको गुनासो छ नेपालका नेता र गुट  भन्दा राष्ट्र र पार्टी नितीको पछी लागे संगठनमा एकता र आपसी विश्वाश बढ्ने र संगठन बलियो हुनेछ  “… किनकी अहिलेको नेत्रित्वसँग प्रगतिशिल मोर्चा देखी राप्रपा समेत सम्पूर्ण बेल्जियमका राजनैतिक भात्री संगठनहरुको संयुक्त मोर्चा बनाइ नेत्रित्व र सहकार्य गरेको अनुभब छ । जसमा बर्तमान अध्यक्ष सुबाश सर्बाधिक सफल पनि भए । त्यसैले हामी डराएका छैनौ प्रकृयामा जानलाई किनकी हाम्रो संगठन प्रती पूर्ण विश्वाश छ ।”