चारदिशा,सम्बाददाता, बेल्जियम,
गैर अबासिय नेपाली संघले गोर्खाको लाप्राकमा गत सालको महाभुकम्पबाट पीडित स्थानीय बासिन्दाका लागि बनाउन लागेको एकिक्रित बस्ती निर्माणमा संघ अध्यक्ष शेस घले देखि लिएर संसारभरिका एन आर एनहरु जुटेका छन ।
यस अभियानलाई सघाउन बेल्जियमबाट गएका अाईसिसी सदस्य चिज कुमार श्रेष्ठ र राम घलेले पनि त्यहा पुगेर बस्ती निर्माणका लागि श्रम सहयोग गरेका छन । कार्यस्थलमा बसेर काम गर्दै गरेको अनुभब साझा गर्दै श्रेष्ठले नेपालको दुर्गम गाउमा गएर श्रम सेवा गरी एन आर एनएको अभियानलाई सहयोग गर्न पाउनु आफ्नो लागि सन्तुस्टीको बिषय भएको बताएका छन ।
श्रेष्ठले निर्माणको प्रारम्भिक चरणमा रहेको उक्त आयोजना निर्माण स्थल बिकट र निर्माणकार्य चुनौतिपूर्ण भएकाले सबै एनआरएनहरुको आर्थिक, भौतिक र नैतीक सहयोग आवस्यक भएको हुँदा सकेको सहयोग गर्नका लागि पनि आभ्ह्वान गरेका छन ।
बेल्जियमबाट आफु सहित् राम घले , बेलायतबाट पशुपती भण्डारी, न्यूजिल्याण्डका राजु ढकाल र जापानका रोशन केसी र भूषण घिमिरे लगायतले श्रमसेवा गरेको र दैनिक रुपमा तिब्रताका साथ काम भैरहेको पनि श्रेष्ठले बताए ।
यस परियोजनाका लागि लाप्राकमै रहेर अध्यक्ष शेस घले , जमुना घले , उपाध्यक्ष भबन भट्ट लगायत सैयौ एन आर एनहरुले श्रम सहयोग गरी रहेका छन ।