हाम्रो बारे
वेल्जियममा कार्यरत पत्रकारहरुले ” चारदिशा ” नामक नयाँ अनलाइन पत्रिकाको प्रारम्भ गरेका छन्। नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सोमवार पत्रिकाको साइटमा पहिलो पटक क्लिक गर्दै अनलाइनको उद्घाटन गरे।
यूरोपको राजधानि मानिने वेल्जियममा नेपालीहरुको जनसंख्या उल्लेख्यरुपमा रहेको अवस्थामा नयाँ सोचका साथ अनलाईनको प्रारम्भ गरेको प्रधान सम्पादक ओम शर्माले वताए। युरोपका नेपाली गतिविधि लगायत स्थानीय समाचारलाई पनि अनलाइनले प्राथमिकता दिनेछ।
पत्रकार महासंघ यूरोपका पत्रकारहरुले नयाँ अनलाइनको शुरुवात गरेकोमा शुभकामना दिँदै केन्द्रीय अध्यक्ष विष्टले निरन्तरता र गुणस्तरमा ध्यान दिन आग्रह गरे। पत्रकार महासंघ वेलायतका अध्यक्ष चिरन शर्माले अनलाईन पत्रकारितामा आफ्नो अनुभव वताउँदै सफलताको कामना व्यक्त गरे।
एनआरएन यूरोप संयोजक अर्जुन कुमार श्रेष्ठले मिडियाले एनआरएन अभियानमा पुर्याएको सहयोगको प्रशंसा गरे। स्वतन्त्र र निष्पक्ष समाचार सवैको चाहना रहेकाले आफू संलग्न भएको संस्थावाट पूर्णत सहयोग गर्ने उनको धारणा थियो।
जनसम्पर्क समिति वेल्जियमका अध्यक्ष सुवास जोशीले सफलताको शुभकामना दिदै अनलाइन पत्रिकाले सिघ्र समाचार सम्प्रेषणमा सहयोग पुर्याएको उल्लेख गरे। नेपाली व्यवसायी संघ वेल्जियमका उपाध्यक्ष सिपी भट्टले नयाँ सोचको पत्रिकाको आवश्यकता औंल्याउँदै सफलताको शुभकामना दिएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ यूरोप शाखाका पूर्व महासचिव प्रकाश ढकाल, वेलायतका पत्रकार द्वय प्रकाश केसी र नरेन्द्र वस्नेतको पनि उपस्थिति थियो।
चारदिशा अनलाइन पत्रिकामा ओम शर्मा प्रधान सम्पादक रहेका छन्।