नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका बरिष्ठ नेता नारायण काजी श्रेष्ठले नेपाली राजनिती भित्र मौलाएको सामाजिक सेवाको दलालिकरण , संगठित भ्रस्टाचार, डनबाद र धनबादको अन्त्य नभए सम्म नेपालको बिकास गर्न सम्भब नहुने बताउनु भएको छ ।
आईतवार बेल्जियमको एन्तवेर्पेन शहरमा नेपाली जनप्रगतिशिल मन्चको एघारौ अधिबेशनको उद्घाटन गर्दै नेता श्रेष्ठले सबै पार्टीका शिर्ष नेत्रित्वले आफ्नो पार्टी, आफ्नो गुटको सम्रक्षण गरेर आफ्नो शक्ती बढ्छ भन्ने मानसिकता त्यागेर योग्य र इमान्दार मान्छेलाई राज्यका हरेक सम्यंत्रमा स्थापित नगरे सम्म देशले उन्नती गर्न नसक्ने बताउदै आफ्नो सम्पूर्ण शक्ती राष्ट्रियता बचाउन र राजनीतिलाई जनमुखी बनाउन प्रयोग गर्ने बचनबद्धता प्रकट गर्नु भयो ।
जन आन्दोलन र जनयुद्धले स्थापित गरेका सँघियता , समानुपातिक शासन प्रणाली र सामाजिक न्याय साहितको राज्यब्यबस्था स्थापना गर्ने संबिधान जारी भैइसकेकोले संबिधानको कार्यान्वयन भएे मात्र प्राप्त उपलब्धी जोगिने बताउनु भयो । नेपाल संसारकै बिशिष्ठ राष्ट्र र सुन्दरतम देश हो , आधुनिक नेपालको निर्माण गर्न बैदेशिक रोजगारीमा गएका तीस लाख नेपाली युबाहरुलाई स्वदेश फर्काउने बातावरण बनाउन प्राकृतिक साधनश्रोतको उपयोग गरी नेपालको मौलिक बिकास निती बनाउनु पर्ने बताउदै प्रबासका नेपालीहरुले भ्रष्टिकरण भएको राजनितिलाई सुधार्न नेताहरुलाई दबाब दिन आग्रह गर्नु भयो ।
बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापाले बेल्जियमको नेपाली समुदाय अनुशासित र मर्यादित भए बेल्जियमबासी बिच नेपाल र नेपाली प्रति सकारात्मक् धारणा बन्ने हुँदा सचेत भएर व्यबहार र सामाजिक कृयाकलाप गर्न आग्रह गर्नु भयो । आजको कुटनिती बिकासका लागि हुनु पर्ने र त्यसका लागि आफु कृयाशिल भएको पनि उहाले बताउनु भयो ।
गैर आबासीय नेपाली संघका सचिब अर्जुन कुमार श्रेष्ठले बिदेशका नेपालीहरुमा पनि देशका प्रति सधैं चिन्ता रहने र राष्ट्रको सम्ब्रिद्धीका लागि हातेमालो गर्न एन्,आर,एन, तयार रहेको बताउनु भयो ।
गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले एनआरएन हरुलाई पूर्ण अधिकार साहितको गैर आबासीय नेपाली नागरिकताको ब्यबस्था गर्न संबिधान सम्सोधनको बेला पहल गरिदिन कार्यक्रमका प्रमुख अतिथी एबम माओवादी केन्द्रका बरिष्ठ नेता श्रेष्ठलाई अनुरोध गर्नु भयो ।
जन प्रगतिशिल मन्च युरोपका सँयोजक सुरेन्द्र भुशालले गैर आबासीय नेपाली संघलाई श्रमजिबी प्रबासी नेपालीहरुको संगठन बनाउन पहल हुनु पर्ने अन्यथा यो संगठनको औचित्य नरहने बताउदै संघको नाम मानब तस्करी र दलाली गर्ने ब्यक्तिहरु सँग जोडीनु दु:खद भएेको बताउनु भयो ।
माओबादी केन्द्रका केन्द्रिय सदस्य युबा नेता दिपेश पुनले जन युद्धको भाबना बिपरित संगठन गए युबाहरुले त्यसको बिरोध गर्ने र आफुहरु सधैं नेपाली जनताको मुक्तिका लागि लड्न तयार रहेको बताउनु भयो ।
अधिबेशनको सफलाताको कामना गर्दै अन्तराष्ट्रिय एकता समाज बेल्जियमका अध्यक्ष तोयानाथ कंडेल, नेपाली एकता समाज बेल्जियमका अध्यक्ष दीपेन्द्र केसी, संघिय समाज बेल्जियमका महासचिब लोक राणा, नेपाली जनप्रगतिशिल मोर्चा युरोपका अध्यक्ष बिष्णु भुजेल, प्रबासी नेपाली मन्च बेल्जियमका अध्यक्ष बोधराज पौडेल, नेपाली जन संपर्क समिती बेल्जियमकी नब निर्बाचित अध्यक्ष सीता सापकोटा लगायतले नेपाली समुदायको एकत्ता र उन्नतीका लागि जन प्रगतिशिल मन्च बेल्जियमको नयाँ नेत्रित्व सँग सहकार्य गर्न उत्सुक रहेको बताउनु भएको थियो ।
अधिबेशनको सफलताको कामना गर्दै बाबुलाल कंडेल इटली र नेपाली जन प्रगतिशिल मन्च स्पेनका अध्यक्ष गंगा भुशालले पनि शुभकामना दिनु भएेको थियो । माओवादी केन्द्र अधिबेसन आयोजक समितिका सदस्य ताशी लामा, कर्ण शाही, सुरेन्द्र श्रेष्ठ, रमेश पौडेल नारायण सुबेदी, क्रान्तिकारी पत्रकार संघ युरोपका अध्यक्ष दधी घिमिरे, सुसन कर्माचार्य लगायत बिभिन्न संघ संस्थाका अध्यक्ष एबम प्रतिनिधि हरु उपस्थित अधिबेशन उद्घाटन समारोहमा अतिथीहरुलाई प्रगतिशिल महिला मन्चकी कार्यबाहक अध्यक्ष इन्दिरा पौडेलले स्वागत गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले जन प्रगतिशिल मन्च बेल्जियमका संस्थापक सदस्यहरुलाई सम्मान एबम प्रसन्शापत्र प्रदान गर्नु भएेको थियो ।
नेपाली जन प्रगतिशिल मन्च बेल्जियमका अध्यक्ष चित्र सुबेदीको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन महासचिब कृष्ण तिवारीले गर्नु भएेको थियो ।
नेपालका ख्यातिप्राप्त गायक चेतन सापकोटा र नबिन खड्काले साँगितिक माहोलमा प्रगतिशिल गीतहरु प्रस्तुत गरेर कार्यक्रमलाई मनोरन्जक बनाउनु भएेको थियो ।
नेपाली जन प्रगतिशिल मन्च बेल्जियमले आगामी कार्यकालका लागि जित लामाको अध्यक्षतामा र प्रगतिशिल महिला मन्चले सुष्मा भुसालको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन् गरेको छ ।