चारदिशा, बेल्जियम,
काजकिस्तान भएको ”मिस भर्चुअल काजकिस्तान” एक जना पुरुष मोडेल महिला बनेर प्रतियोगिताको फाइनल राउन्डमा पुगेका छन । प्रतिस्पर्धि हरुको फोटो भिडियो हेरेर दर्शकहरु द्वारा इन्स्टाग्राम् मार्फत गरिएको अनलाइन भोटिङमा ईले डियागिलेव पहिलो बनेका छन । इलेले प्रतियोगितामा भाग लिन आफ्नो नाम परिवर्तन गरी अरीना अलीयेवा राखेका थिए ।
उनको सुन्दरताबाट प्रभाबित हजारौ काजकिस्तानीहरुले प्रतियोगिता जिताउनका लागि उनको पक्षमा भोट् गरेका थिए । उनले अनलाइन भोटिङमा २००० भन्दा धरै भोट् पाए पछी काजकिस्तानको एउटा प्रान्त सकमन्दको बिजेता र राष्ट्रिय प्रतियोगिताको फाइनलिस्ट घोषणा गरिएको थियो । क्षेत्रीय प्रतियोगिताको बिजेता र राष्ट्रिय प्रतियोगिताको फाइनलिस्ट बनेको दुई दिनपछी उनले आफु महिला नभएको जानकारी गराएका थिए ।
झुट बोलेर प्रतियोगितामा भाग लिएको भनी आयोजकले उनलाई प्रतिस्पर्धाबाट बाहिर गरेका छन र दोश्रो लोकप्रिय भोट् पाएकी ईकेरिम तमिरखानोवालाई फाइनलमा पठाएका छन ।
ईले डियागिलेवले आफु मोडलिङ क्षेत्रमा लामो समय देखि कृयाशिल रहेको र कसरी सुन्दर बन्ने र देखिने भनि जानकार रहेको दर्शाउन यो सब गरेको बताएका छन । महिलाहरु सधैं सुन्दरताको घमन्ड गर्ने भएकोले पनि सो प्रतियोगितामा सहभागि भएर वास्तविक सुन्दरता र बनावटी सुन्दरता बारे मानिसलाई सचेत गरेको बताएका छन ।
यस कदमको पक्ष बिपक्षमा काजकिस्तानमा बहस चलीरहेको छ ।