चारदिशा , बेल्जियम
विश्वका विभिन्न मुलुकमा छरिएका कास्केलीहरुको पहिलो विश्व कास्की सम्मेलन यही असोज २३ गते (अक्टोवर ९) पोखरामा हुने भएको छ । “विश्वभरी छरिएका कास्केलीहरुको खोजी अभियान समृद्ध जन्मथलो हाम्रो स्वाभिमान” भन्ने मुल नारा सहित सम्मेलन हुन लागेको आयोजक समितिका संयोजक पूर्ण तिमिल्सीनाले जानकारी दिनुभयो ।
आफ्नो जन्मथलो कास्की जिल्लाको समग्र विकासका लागि सम्मेलन गर्न लागिएको र सम्मेलनमा कास्कीका विभिन्न राजनैतिक दल, वृद्धिजिवी, पेशा व्यवसायी, उद्योगी लगायत विभिन्न पक्षका व्यक्तित्वहरुसंग कास्की विकासको लागि सार्थक वहस र छलफल हुने भएको छ । छलफलवाट कास्कीका विकासका प्राथमिक एजेण्डा समेत तय गर्ने तयारी समेत भैरहेको छ । अन्तराष्ट्रिय रुपमा विकास भैरहेको आधुनिक प्रविधि, सिप तथा सेवा पोखरामा भित्र्याउन समेत कास्की विश्व सम्मेलनले पहल गर्ने आयोजक समितिका संयोजक पूर्ण तिमिल्सिनाको भनाई छ ।
अहिलेसम्म युरोपका विभिन्न मुलुक, अमेरिका, अष्ट्रेलिया, जापान, हङकङ, मकाउ, कोरिया, खाडी देशहरु सहित २२ मुलुकमा विश्व कास्की आर्दश समाज गठन भैसकेको छ । अहिले अन्य विभिन्न मुलुकहरुमा पनि संगठन विस्तारको काम भैरहेको महासचिव गोविन्द पौडेलले जानकारी दिनुभयो ।
सम्मेलनको उद्घाटन कास्कीबाट निर्बाचित सान्सद एबम नेपाल सरकारका कानुन तथा न्याय मन्त्री यज्ञ बहादुर थापाले बिशेष समारोहका बिच पोखराको उध्योग बाणिज्य महासंघको हलमi गर्ने कार्यक्रम रहेको छ ।
असोज २३ गते सम्मेलन उद्घाटन गर्नु पूर्व पोखरामा खुल्ला म्याराथुन प्रतियोगिता गरिने भएको छ । सो प्रतियोगिताको विजेतालाई नगद एक हजार एक डलर पुरस्कार र प्रमाणपत्र दिईने महासचिव पौडेलले जानकारी दिनुभयो । पुरुस्कार रकमको प्रायोजन पोर्तुगलका ब्यबसायी एबम एनआरएनए का आईसिसी सदस्य रमेश गुरुङले गर्नु भएको छ ।
थप जानकारीका लागि संयोजक पूर्ण तिमिल्सीना ००३२४८३४६४८२० तथा ईमेलः purnabrugge@gmail.com