कमला हमाल, कोहलपुर ,१७ माघ ।
करिव दुइ दशक अघि क्षेत्रिय प्रशारण हुदै आएको नेपाल टेलिभिजनको कोहलपुर प्रशारणको सोमबार काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रशारण सुभारम्भ गरीएको छ । नेपाल टेलीभिजनको केन्द्रीय प्रशारण केन्द्र काठमाडौबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रम बिच प्रशारणको शुभारम्भ गर्नुभएको क्षेत्रीय प्रमुख विजय बर्माले जानकारी दिनुभयो ।
आज सोमवार दिउँसो ११ः३० बजे प्रधानमन्त्री दाहालले काठमाडौ स्टुडियोबाट प्रशारणको शुभारम्भ गर्ने तय भएको जानकारी दिँदै बर्माले, भूसतही प्रणाली र भूउपग्रह प्रणाली मार्फत टेलिभिजन संचालन हुने तयारी भएको बताउनुभयो । ‘पहिला एन्टिना मार्फत गाउँ गाउँमा टिभी हेर्ने ब्यवस्थालाई निरन्तरता दिँदै सेटलाइट मार्फत विश्वभरि नै प्रशारण हुने ब्यवस्था मिलाइएको छ’, बर्माले भने, ‘प्राविधिक स्तरको सबै तयारी पूरा भएको हो ।’ ‘टेलिभिजनको आगामी बैशाख सम्म परीक्षण प्रशारण हुने तयारी रहेको छ ।
टेलिभिजन मार्फत स्थानीय कला संस्कृति, पर्यटनका साथै क्षेत्रीय स्तरका मुद्दामा टिभीले काम गर्नेछ’, प्रमुख बर्माले भने, ‘थारु, अवधी, उर्दु, डोटेली लगायत स्थानीय भाषाका कार्यक्रम उत्पादन र प्रशारण गरि स्थानीयहरुको रुझान टिभी प्रति गराइनेछ ।’ बर्षौदेखि कोहलपुरबाट नेपाल टेलिभिजनको पुनः क्षेत्रीय प्रसारणका लागि गरिएको प्रयास आज सफल हुन लागेको हो ।